कालिकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदी

रत्न कार्की/

साउन १२ । कालिकोट जिल्ला कारागारमा रहेका कैदीबन्दिहरुलाई मनोरन्जनको सामाग्री हस्तान्त्रण गरिएका छन । निर्वाचनपुर्व कैदि बन्दिहरुलाई भेटेर निर्वाचन जिते खेलकुद सामाग्री दिने बचन बद्धता गर्नु भएका कालिकोटको सान्नि त्रिर्बेणी गाउँ पालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर शाहीले निर्वाचन अघिको आफ्नो प्रतिबद्धता स्वरुप खेलकुद सामाग्री हस्तान्त्रण गर्नु भएको हो । नेकपा माओबादी केन्द्रले उम्मेदार छनोट गरे पछि सुरुमै कैदि बन्दिबाट भेटघाट सुरु गरि समस्या बुझ्नु भएका शाहीले निर्वाचन जितेर सदरमुकाम फर्के लगतै कारागार पुगेर शाहीले बन्दिलाई भलिवल, नेट, ब्याडमिन्टन, चेस, लुडो लगाएतका खेल सामाग्री हस्तान्त्रण गर्नु भएको हो ।

सामाग्री हस्तान्त्रण हुनुभन्दा पहीला भएको कैदिबन्दि संगको भेटघाटमा बन्दि जयसिंह सार्कीले एक पटक गल्ति हुनु मानवीय त्रुटि भएपनि कैदी बन्दि प्रति हेर्ने दृष्टिकोण गलत भएकोले त्यसलाई सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले कारागार भित्रको बन्दि जिवनको पिडालाई टार्ने मनोरन्जनका सामाग्री उपलब्ध गराएको भन्दै जनप्रतिनिधि डम्बर शाहीलाई धन्यवाद दिएका छन । अध्यक्ष शाहीले कारागारका कैदि बन्दि नाईके लक्ष्मण शाहीलाई सामाग्री हस्तान्त्रण गर्नु भएको हो । बन्दि नाईके शाहीले पनि जनप्रतिनिधिहरु गाउँपालिका अध्यक्ष डम्बर शाही र सोही गाउँपालिकाको वडा नं ५ का वडाअध्यक्ष नरेश बंमलाई कारागारमा सिलाइएको टोपि हस्तान्त्रण गर्नु भएको थियो ।

जन प्रतिनिधि शाही संग कैदीबन्दिले कारागार लाई बन्दिगृह भन्दा पनि सुधारगृहका रुपमा हेर्नुृ पर्ने बताउनु भयो । कारागारबाट मुतm भएपछि सरल जिवन जिउन चाहेको भन्दै कारागारमा पनि सिप बिकास सम्बन्धि तालिमहरु संन्चालन गर्ने कार्यक्रम ल्याउन आग्रह गरेका छन । कैदिबन्दिको मागलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले गाउँपालिकाको सहयोगबाट सिपबिकास सम्बन्धि तालिम संन्चालन गर्ने बताउनु भयो । त्यस्तै शान्नि त्रिर्बेणी गाउँपालिकाका वडा नं ५ का अध्यक्ष नरेश बंमले कैदी महीलाहरुका लागि एक सेट टिभि जडान गरिदिने बताउनु भयो ।

कारगारमा क्षमता भन्दा बढि कैदीबन्दि

कालिकोट कारागार शाँखा १५ जना पुरुश र १० जना महीला कैदिबन्दि राख्न मिल्ने २५ जनाको क्षमता भएको करागार हो । तर हाल कारागारमा शाँखामा २५ को ठाउँमा ५९ जना कैदीबन्दि रहेका छन । १० जना महीला कैदी बन्दिका लागी क्षमता रहे पनि महीला बन्दि भने ४ जना मात्रै रहेको कालिकोट कारगारका निमित्ति जेलर मोहन प्रसाद शर्माले जानकारी दिनु भयो । क्षमता भन्दा कैदी बन्दि तेब्बरले बढि भएपछि कारागारको कोलियामा समेत कैदि बन्दि राख्नु परेको निमित्त जेलर शर्माले जनकारी दिनुभएको छ । क्षमता भन्दा बढि कैदी बन्दि हुदा कारागारमा खाने, बस्ने, सुत्ने सम्मको समस्या भएको कैदीबन्दिले बताएका छन ।

तिन वर्षीया बालिका पनि कारागारमा

भनिन्छ बालबालिका स्वतन्त्र हुन्छन , कानुनीतवरले पनि निश्चित उमेर सम्म गरेका गल्ति कम्जोरिलाई पनि बालबिच्याइका रुपमा छुट दिने ब्यवस्था छ । बालबालिका लाइ कुनै पनि कानुनले नियन्त्रण,बन्दी बनाउनले लगाएतका कार्य गर्न पाईदैन तर बालअधिकारका क्षेत्रमा बनेका बिभिन्न कानुनी आधार र बालअधिकार सम्बन्धि नेपालले गरेका बिभिन्न अभि सन्धिलाई गिज्याउँदै कालिकोटको कारागारमा एक तिन वर्षीया बालिका बन्दिजिवन बिताईरहेकी छन । उनले आफैलेगल्ति गरेर उनि जेल गएकी पनि हैनन ।

नरहरी नाथ गाउँ पालिका साबिक लालु निवासी मिमकोषा बिष्ट आफ्नै पति हत्यामा जिल्ला अदालत कालिकोटको फैसलामा कारागार चलान भएपछि उनको साथमा रहेकी नाबालीका सिमा बिष्ट पनि उनि सगै बन्दि जिवन बिताई हरेकी छन । श्रीमान हत्या आरोपमा जेलपरेकी मिमकोषा बिष्टले जेल परेको केही दिनमै श्रीमती हत्यामा जेल परेका कालिकोट राचुली गाबिस भार्तडीका डिल्लि प्रसाद कोईराला संग जेलभित्रै बिहे गरेकी छन ।

बालीकाको अवस्था के छ भनेर सोधेको प्रश्नमा उनकी आमा मिमकोषाले छोरीलाई जिम्मेवारि पुर्वक रेखदेख गर्ने ब्यवस्था भए स्कुल पठाँउथे आफु असाक्षर छु के गर्ने छोरीको स्कुल जाने उमेर भईसकेको छ तर छोरी मलाई छाड्न मान्दिनन् । उनि आज इसिडि कक्षामा बिद्ययालय मा हुनु पर्ने हो तर उनि जेलमा छन त्यस तर्फ पनि सरोकारवालाको ध्यान जान जरुरी रहेको छ ।

कमेन्ट गर्नुहोस्