पूर्व मन्त्री शेर्माको दुइवटै किड्नी फेल, डायलोसिस गराइँदै

काठमाडौं, साउन १२ । नेपाली काँग्रेसका पाका नेता तथा पूर्व मन्त्री पूर्णकुमार शेर्माको दुवै किड्नी फेल भएको छ । उनी विगत एकसातादेखि अस्पताल डायलोसिस गराउँदैछन् ।

सामान्य विरामी भएपछि पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भएका शेर्र्माको अन्नतः दुवै किड्नीले काम गर्छ छाडेको कुरा थाहा भएको हो ।

काँग्रेसको पूर्व केन्द्रीय सदस्य समेत रहेका ७४ बर्षीय शेर्मालाई डायलासिस मार्फत थप उपचारको प्रक्रिया अगाडी बढाइएको छ ।

काँग्रेस नेता धर्मेन्द्रविक्रम नेम्बाङका अनुसार एकसाता अघि शेर्मालाई एक्कासी शरीरमा असहज भएपछि अस्पताल पुर्‍याइएको र डाक्टरहरुले किड्नी फेल भएको रिपोर्ट दिएका थिए ।

इमान्दार र निष्ठावान नेताको पहिचान बनाएका शेर्मा नेपाली काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

पाँचथर जिल्लाको पार्टी सभापति भइसकेका शेर्मा पहिलो संविधान सभाको निर्वाचनबाट सभासदमा निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्