अफगानिस्तानमा सेना र तालिवान–बीचको भिडन्तमा एक सय बढीको मृत्यु

साउन १२ । तालिवानले दक्षिणी कान्दाहारको सैनिक क्याम्प लक्षित गरी आक्रमण गरेपछि दोहोरो भिडन्त भएको छ । उक्त भिडन्तमा ८० जना तालिवान र २६ सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै अन्य १३ सैनिक घाइते भएका छन् ।

याे पनि पढ्नुस  अफगानिस्तानमा जर्मनी दुतावास नजिकै आत्मघाती बम विष्फोट, ९ को मृत्यु एकसय भन्दा बढी घाइते

तालिवानले कम्तीमा ७० सैनिकहरूलाई मारेको दाबी गरेका छन् । उनीहरूले खक्रेज जिल्ला पूर्णरूपमा आफ्नो कब्जामा रहेको बताए । यसअघि अफगानी गुप्तचर संस्थाले भने ४० जना सैनिक मारिएको जनाएको थियो ।

एक वरिष्ठ सैनिक अधिकारीका अनुसार आक्रमणपछि १२ सैनिक अझै बेपत्ता छन् ।

याे पनि पढ्नुस  तालिबानी भीषण आक्रमणपछि अफगानिस्तानमा रक्षामन्त्री र सेना प्रमुखको राजीनामा

अफगानिस्तानमा सन् २०१४ यता अमेरिकी नेतृत्वको नेटो सेनाले तालिवानविरुद्ध संघर्ष गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्