पूर्वराजा र नेपाली सेनाको शरणमा अस्थायी शिक्षक (प्रमाणसहित)

काठमाडौं, साउन १२ । सरकार र न्यायालयबाट आफूुहरुले न्याय नपाएको भन्दै अस्थायी शिक्षकहरुपूर्वराजा र नेपाली सेनाको शरणमा पुगेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै अस्थायी शिक्षकहरुले अब आफूहरुलाई सेना र राजाले मात्रै न्याय दिन सक्ने अन्यथा आतंकवादको सहारा लिने चेतावनी समेत दिए ।

बुधवार अस्थायी शिक्षकहरुले ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पूर्वराजाको निर्मल निवासमा निवेदन दर्ता गराएका हुन् । अस्थायी शिक्षकहरुले भद्रकालीस्थित सैनिक मुख्यालयमा पुगी आफूहरु अन्यायमा परेको भन्दै अब नेपाली सेनाले नै आफूहरुलाई न्याय दिनुपर्ने माग राखेका छन् ।

सर्वोच्च अदालतले विपक्षी शिक्षक सेवा आयोगकै गलत पत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले आफूहरुलाई वेवास्ता गरेको भन्दै न्यायका अन्तिम विकल्पका रुपमा नेपाली सेना र पूर्वराजालाई गुहारेको उनीहरुले बताएका छन् ।

निवेदनमा भनिएको छ, ‘हामीले स्नातकोत्तर पास गरेका छौं । हामी सरकारको स्वीकृत दरबन्दीमा नै नियुक्त भएका हौँ तर शिक्षक सेवा आयोगले २०७३ चैत १९ गते खुलाएको विज्ञापनमा हामीलाई उम्मेदवार बन्न नदिएकाले हामीले सर्वोच्च अदालतमा रिट दायर गर्दा समेत विपक्षीको धोकापूर्ण प्रमाणका आधारमा हामीलाई अन्याय गरिएपछि देशको भूगोल र नागरिकको अधिकार/न्यायको अन्तिम रक्षक सेना गुहार्ने बाहेक हामीसँग कुनै विकल्प नभएकाले हाम्रो योग्यता, अनुभव र योगदानको कदर गर्दै रोजगारीको हक सुनिश्चित गरिदिनका लागि नेपाली सेना समक्ष अनुरोध गर्दछौं ।’

सर्वोच्च अदालतमा रिट निवेदन गर्दा समेत शिक्षक सेवा आयोगले पेश गरेको गलत तथ्यांकका आधारमा आदेश गरिएकाले आफूहरु अन्यायमा परेको उनीहरुले दाबी गरेका छन् । ्

अस्थायी शिक्षकहरुले शिक्षक आयोगको विज्ञापनमा तालिम नलिएका, शिक्षा विषय नभएका, शिक्षक लाइसेन्स नभएका, लियन राख्ने/बस्ने साथै, समग्रमा सेवामा कार्यरत शिक्षकलाई परीक्षामा भाग लिन पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

यस्ताे छ निवेदन

 

कमेन्ट गर्नुहोस्