स्याङ्जामा स्वाइन फ्लुले एकको मृत्यु

स्याङ्जा, साउन १२ । स्याङ्जामा स्वाइन फ्लुबाट एकजनाको मृत्यु भएको छ । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर सचेत रहन सबैसँग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा स्वाइन फ्लुका कारण वालिङ–९ का ४९ वर्षका खुमप्रकाश अर्यालको टिचिङ अस्पतालमा निधन भएको जानकारी गराईएको थियो । अर्याल वालिङमा उपचार गरी पोखरा हुँदै काठमाडौं उपचारका लागि पुग्नु भएको थियो ।

अर्यालको स्वाइन फ्लुका कारण भएको अस्पतालले जनाएको छ । केही हप्तादेखि वालिङ तथा आसपासमा ज्वरोका बिरामी बढेका छन् । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६०७० जना ज्वरोका बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्