मोबाइलमा फोन गरी अश्लिल शब्द बोल्ने दुई पक्राउ

संखुवासभा, साउन १२ । मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटाको पाख्रिवास नगरपालिका–९ का ईश्वर बिष्ट र पाख्रिवास–५ का श्यामकुमार बिक रहेका छन् । उनीहरुले खाँदबारी नगरपालिका–६ की एक युवतीलाई मोबाइलमा फोन गरेर अश्लिल शब्द प्रयोग गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले दैनिक दर्जनौ पटक फोन गर्ने र अश्लिल शब्द गालीगलौज गर्ने गरेको पीडितले बताएकी छिन् ।

प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा चलाएको डीएसपी सन्तोष खड्काले बताए ।

कमेन्ट गर्नुहोस्