प्रधानमन्त्री देउवाले भने, ‘वीर अस्पतालको सेवा चुस्त बनाउछु’

काठमाडौ, साउन १२ । प्रधानमन्त्री शेर बहादुर देउवाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अस्पतालको १ सय २८ औं वार्षिक उत्सव समारोहमा अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वीर अस्पतालको स्तरउन्नतीका लागि सरकारले पर्याप्त बजेट छुट्टाइसकेको बताएका छन् ।

अधारभुत स्वास्थ्य सेवा पाउने अधिकार सबैको भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले वीर अस्पतालको सेवाबाट आगामी दिनमा आम नागरीक अझ बढी लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारका क्षेत्रमा समेत वीर अस्पताललाई सुविधा सम्पन्न बनाइ क्षेत्रीय, उपक्षेत्रिय स्तरमा समेत प्रतिष्ठानको सस्तो, सुलभ तथा चुस्त सेवा दिने प्रयासमा सरकार रहेको बताए ।

कमेन्ट गर्नुहोस्