रुदीखोलाको पूल भाँचिएर बस खस्दा दुर्इको मृत्यु, २५ घाइते

लमजुङ, साउन १२ । लमजुङ र कास्कीको सिमानामा रहेको रूदी खोलाको पुल भाँचिएर बस नदीमा खस्दा दुर्इजना यात्रुको ज्यान गएको छ ।

पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैँचातर्फ जाँदै गरेको ना५ख ६३९५ नं. को यात्रुवाहक बस विहीबार अपरान्ह १ बजे दुर्घटना भएको हो ।

बस खसेपछि खोलाले एक यात्रुलार्इ बगाएको प्रत्यक्ष दर्शीले बताएका छन् । दुर्घटनामा २५ जना घाइते भएका छन् भने ८ जनाको अवस्था गम्भिर रहेको उद्धारमा खटिएका स्थानीयले जानकारी दिएका छन्

रुदी र मादी दोभानको रुदीखोला माथिको पूल भाँचिएर यात्रुबहावक बस खोलामा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारले घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगिसकेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्