कांग्रेस गुटबन्दीकाे पाेकाे हाे : डा. कोइराला

काठमाडौं, साउन १२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्रको गुटगत राजनीतिको विरोध गरेका छन् ।

नेपाल प्रेस युनियनआवद्ध पत्रकारहरुसँग आफ्नै निवासमा कुराकानी गर्दै महामन्त्री कोइरालाले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न जरुरी रहेको बताए ।

महामन्त्री कोइरालाले भागवण्डा कांग्रेसमा मात्र नभएर कसैमा पनि हुन नहुने जिकिर गरे ।

भागवण्डाका आधारमा मन्त्री छनौटप्रति असन्तुष्टि पोख्दै महामन्त्री कोइरालाले स्थानीय चुनावमा टिकट बाँड्दा कम गुटबन्दी भएको बताए ।

कमेन्ट गर्नुहोस्