डलर साटिदिने भन्दै नेपाली रकम ठग्न खाेज्ने पाँच पक्राउ

भक्तपुर, साउन १२ । अमेरिकी डलर साट्ने बाहनामा नेपाली नगद रुपैयाँ ठग्न खोज्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने ४१ वर्षीय विश्वराम कोजुलाई फोन गरी डलर लिएर आउन र नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाउने ती पाँच जनालाई विहीबार भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–४ राष्ट्रिय क्षयरोग अस्पतालको नजिक डाँडामा बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट बा.६४प १९२, बा.५९प ६८०२ र बा.५६प ८०० नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीको ८ थान मोबाइल, हिमालयन बैंकको चेकप्याड १ थान, नेपाली रुपैयाँ २० दरका १ सय ९७ थानसहित पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्