को हुन् महेन्द्रबहादुर शाही ? जसले उर्जामन्त्रालयको बागडोर सम्हाल्दैछन्

काठमाडौँ । माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका महेन्द्रबहादुर शाही २०७० सालको संविधानसभा चुनावमा कालिकोट क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।

कालीकोटमा माओवादीको संगठन मजबुत बनाएको जस लिन सफल शाही १० वर्षे सशस्त्र द्वन्द्वमा जनमुक्ति सेनाका डिभिजन कमाण्डर थिए । उनीसँग डिभिजन कमाण्डरको भूमिका निभाएका शुकबहादुर रोका उपराष्ट्रपति नन्दबहादुर पुनको स्वकीय सचिव छन् ।

त्यस्तै प्रतीक ओली रुकुम जिल्ला इन्चार्ज छन्। डिभिजन कमाण्डरकै भूमिकामा रहेका कालीबहादुर खाम, धनबहादुर मास्की र सन्तु दराई भने अहिले त्यति चर्चाको भूमिकामा छैनन् ।

जनमुक्ति सेनाका पूर्व डेपुटी कमाण्डर, डिभिजन कमाण्डर लगायतलाई शिविर व्यवस्थापनमा आर्थिक अनियमितता गरेको आरोप लागेको बेलामा समेत शाही त्यसमा विवादित बनेका थिएनन् ।

हाल उनी माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य रहेका छन्। माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा शाही मन्त्री बन्ने चर्चा रहेपनि अन्तिममा उनी बाहिरै परेका थिए ।

देउवा सरकारमा उर्जामन्त्रालयको बागडोर सम्हाल्न लागेका शाहीले लोडसेडिङ हुन नदिने बताए ।

उर्जामन्त्री बन्ने तयारीमा रहेका शाहीले भने पूर्वमन्त्री शर्माले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने र विद्युत उत्पादन बढाउने केन्द्रीत हुने योजना बनाएको बताए । ‘शर्माले पावर म्यानेजमा निकै राम्रो काम गर्नुभयो र लोडसेडिङ अन्त्यको अभियान सुरु भयो’ उनले भने, ‘त्यसलाई निन्रन्तरता दिन्छु ।’

उनले अघि भने, ‘तर, म्यानेज गरेर मात्र पुग्दैन । माग बढ्दै जाने भएकाले उत्पादन पनि बढाउनुपर्छ । बाह्य लगानी भित्र्याउने र उत्पादन बढाउने मेरो योजना छ ।’

संसद सचिवालयमा रहेकाे शाहीकाे परिचय।

कमेन्ट गर्नुहोस्