संसद अव पेपरलेस : सभामुख

काठमाडौं, साउन १२ । सभामुख ओनसरी घर्तीले संसदलाई अब पेपरलेस (कमल र कपी मुक्त)बनाउने अभियान शुरु भएको बताएकी छन ।

बिहीबार संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको संसद भवन बानेश्वरमा उद्घाटन गर्दै सभामुखले सांसदहरुलाई आधुनिक प्रणालीमैत्री बनाउन वेबसाइट र मोबाइल एप्स जरुरी रहेको समेत बताइन् ।

सभामुख घर्तीले सांसदहरुलाई सम्बोधन गर्दै भनिन्,‘संसदको आफ्नै भवन होस् । सांसदहरुलाई आवास सुबिधा होस् । संसदको आफ्नै टेलिभिजन च्यानल होस् । वास्तवमा हाम्रो त्यो चाहना हो र त्यस अनुसार पहल पनि भइरहेको छ ।’

संयुक्त राष्ट्रसंघीय सहयोग नियोग (युएनडिपी)को आर्थिक तथा प्राविधिक सहयोगमा संसद सचिवालयले मोबाइल एप्स र वेबसाइट बनाएको हो । यसमा संसदका सम्पूर्ण गतिबिधि राखिने छ ।

कमेन्ट गर्नुहोस्