साउन १२ । चलचित्र उद्योगमा शुक्रबारेसाइत अनुसार प्रदर्शनको पद्धति नै बसीसकेको छ । सो पद्धतिअनुसार यस हप्ताको शुक्रबारे साइतमा नेपाली चलचित्र ‘प्रेम गीत २’ ले हलहरुमा स्थान पाउने छन् । चलचित्र ‘प्रेम गीत २’का लागि टिकट बुकिङ गर्न पनि पाइने छ ।
आशुसेन फिल्मसले निर्माण गरेको चलचित्र ‘प्रेम गीत २’ ले यसअघि देशका विभिन्न ठाउँमा गरेको कन्सर्टबाट दर्शकको अथाह माया बटुलिसकेको छ । चलचित्रले देशव्यापी रुपमा एकसाथ प्रदर्शन हुन लागेको हो ।
चलचित्रमा प्रदिप खड्का र अश्लिता ठकुरीको अभिनय रहेको छ । रामशरणा पाठकले निर्देशन गरेको चलचित्रको निर्माण सन्तोष सेनले गरेका हुन् ।
चलचित्रका लागि टिकट बुकिङ खुला भइसकेको छ । निर्माता सेनका अनुसार तलका सिनेमा हलका लागि उल्लिखित लिङ्कमा गएर टिकट बुकिङ गर्न सकिनेछ ।
1. QFX Cinemas: https://goo.gl/kh1gbw
2. Big Movies: https://goo.gl/LVcPfw
3. FCUBE Cinemas: http://www.fcubecinemas.com
4. BSR Movies: http://www.bsrmovies.com
5. Q’s Cinemas: http://www.qscinemas.com
6. CDC Cinemas: http://www.cdcnepal.com