मन्त्रिपरिषद निर्णय : डा केसीका माग सम्बोधनका लागि समिति गठन

काठमाडौं, साउन १२ । समग्रह स्वास्थ्य क्षेत्रको बेतिथि सुधारको माग गर्दै ११ औं पटक आमरण अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।

हिजो मात्रै विस्तार भएको मन्त्रिपरिषद्को पहिलो बैठकमै स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको जानकारी गराउँदै समिति गठनको प्रस्ताव गरेका थिए ।

यस्तै, आजको मन्त्रिपरिषद्ले २५ जिल्लाका तीन लाख ९१ हजार आठ सय ३१ घरपरिवारलाई गरिब परिचय वितरण गर्ने निर्णय समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्