निर्वाचन क्षेत्र निर्धारण आयोगलाई अनुचित प्रभावबाट मुक्त रहन एमालेको आग्रह

काठमाडौं, साउन १२ । नेकपा एमालेले सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकाले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने हो कि भन्ने आशंका पैदा गरेको बताएको छ ।

बिहीबार एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न आयोगसँग आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्