नेताको कमाइखाने भाँडको बेहाल

प्रेम सुनार

देशभर प्रदेश नम्बर दुई बाहेक अन्यमा निर्वाचन पनि सकिएको छ । निर्वाचन अघिसम्म यो गर्छु र त्यो गर्छु भन्दै विभिन्न आश्वासन दिने हालका नेताहरु अहिले नाक कान लुकाएर बसेका छन् । जनतालाई सास्ती जहाँको तही चर्को विरोधका बाबजुद पनि असारे विकासका कामले अहिले देशभरका सडकहरु खेतमा परिणात बनेका छन् । जहाँ सवारी चलाउनु भन्दा गाइ बस्तु चरण बनाउन जाति हुन्छ । गुल्मी पनि यस असारे विकासका कार्य योजनाबाट अछुतो रहन सकेको छैन । पहिरो गएको बाटो सोहर्ने नाममा स्तरबृद्धिमा परेका सडकहरुका भित्ता पनि डोजरले कोपिदैछ । हिलाम्मे सडक गाडी हिँडाउने त कुरै छाड्डौ मानिस हिड्न पनि कष्टकर छ यहाँ अहिले । सदरमुकाम तम्घासदेखि उत्तरतर्फको रातडाँडा भञ्ज्याङ्ग, पेंगा, धरमपानी मैदानसम्मको सडकमा लागु गरिएको असारे विकासका क्रमले अहिले जनतालाई सास्ती दिएको छ ।

करोडौं खर्चेर ढल नाली, पर्खाल निमार्ण र सडक चौडा पारेर खेल मैदान जस्तै बनाइएको थियो । चुनाव ताका दलहरुलाई यसही सडकले कतिले जित्न पनि पाए । ‘यो सडक उसले होईन मैले बनाएको हो, मेरै दलको पहलमा भएको हो । अब यो सडकलाई हामी चाँडै नै चिप गर्छै,’ आदि इत्यादि भनेर दलहरुले चुनावमा भोट मागेका थिए ।

सोझा जनता विश्वास गरे, नभन्दै वर्षा सुरु भयो, असारे विकास योजना पनि सुरु भयो । अनि त भर्खर बनाएको नाली, पर्खाल, ढल सबै बाढी र पहिरोले कहाँ पु¥यो कहाँ । ग्रावेलिङ्ग गर्ने भन्दै सडकमा विछाइएको गिटी वालुवाहरु पनि माथिबाट आएको माटोले पुरेर खेल जस्तै बनेका छन् । अधिकांश सडक पहिरो र हिलोले पु¥यो । चुनाव अघिसम्म मेरे सडक मैले बनाएको सडक भन्नेहरु अहिले आँखा कान लुकाएर बसेका छन् ।

यसरी असारको मुखमा विकासका नाममा डोजर लाएर राज्यको ढुकुटी वालुवामा पानी खनाए झै त पारी दिएको छ । यता जनता खेत, अन्न, वालीनाली नष्ट भएका छन् । पहिरोले जनताको घरवास नै उठाउने हो कि भन्ने खतरा बढेको छ ।

भञ्ज्याङ्गदेखि पेंगा हुँदै उकालो लागेपछि मैदानसम्मका जनताका मकैवाली पहिरोले पुरेको छ । कैयौंका घर गोठ जोखिममा परेका छन् भने जंगलका रुखहरु सडकमै ढलेका छन् ।

मुसिकोट नगरपालिकाको वडा नम्वर ३ मा पर्ने साविकको पडागाउँ गाविसको पेंगा धरमपानी र मैदान वरपर मात्र होईन । वडा नम्वर ४ को बडागाउँका कैयौं वस्ती पनि जोखिममा छन् । जनताका यी समस्याहरुबाटनेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवं स्थानीयवासी झविलाल भण्डारीलगायत त्यहाँका कोही पनि अनविज्ञ छैनन् । बस मुग्दर्शक बनी हेरिरहेका छन् ।

काम भन्दा नि छिटो पैसा सकौं भन्ने होडवाजीका कारण यति वेला ‘पैसा धामीलाई व्यथा हामीलाई’ भन्ने उखान चरितार्थ भएको छ । पहिला बरु उपभोक्ता जिम्मेवार बन्थे र कम मात्रमा राज्यको रकम दुरुपयोग हुन्थ्यो तर अहिले ठेकेदारहरुको मनपरी छ । ज्वालन्त उदाहरुण बनेको छ रिडी रुद्रवेणी वामीटक्सार सडक खण्ड । हिउँद मै पहिरो र सडकमा खाल्डाखुल्टीका कारण घण्डौ गाडी जाम हुने त्यस सडक खण्डमा वर्षायाममा कति विजोग भएको छ त्यसको कल्पना मात्र पनि गर्न गाह्रो छ ।

डोजरले डोजर तान्ने र ट्रकले ट्रक तान्दा पनि हिलोबाट मालवाहक गाडीहरु निकाल्न नसकेर चालकहरु समस्या परेका छन् । साना यातायातका साधनहरुको आवत जावत पनि घण्टौ जाममा परेर यात्रुहरुले सास्ती खेपिरेका छन् ।

रिडी रुद्रवेणी वामीटक्सार सडक खण्ड अलपत्रमा छन् । वर्षौदेखि स्तरोन्नती गर्न केन्द्रबाट रकम पार्ने मैं हुँ भनेर देशकै जिम्मेवार नेता एमालेका प्रदिपकुमार ज्ञवाली, कांग्रेसका चन्द्र भण्डारी र माओवादीका पूर्वसभाषद सुदर्शन बरालसम्म मञ्चबाट फलाक्न भने पछि पर्दैनन् ।

तर सत्तामा बसेर भाषण फलाकेको जस्तो सजिलो छैन यहाँको सडक अनि सडकले जनतालाई पारेको सास्ती । यसर्थ असारे विकासलाई रोक्न पहल गर्नुप¥यो । जनताको क्षति सास्तीलाई हटाउनुप¥यो । हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकियो भने आफै बन्छ असारे विकासबाट होइन ।

कमेन्ट गर्नुहोस्