माओवादीसंगको सहमती नमानेर ओलीले ठूलो भूल गरे

काठमाडौं, साउन १२ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले माओवादीसंगको सहमती नमानेर  ठूलो भूल गरेको बताएका छन ।
अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार गठनका वेला माओवादी केन्द्रसँग भएको सहमति पालना नगर्नु ओलीका ठूलो भुल भएको बताएका हुन । उनले वामपन्थी दलहरुबीच एकता पनि आवश्यक रहेका दावी गरे ।

नेता नेपालले माओवादी अध्यक्ष प्रचण्डको पनि केही कमजोरी रहेपनि तत्कालीन प्रधानमन्त्री ओली सरकार सञ्चालनको क्रममा माओवादीसँग भएको सहमति पालना नहुँदा मुलुकले वामपन्थी सहकार्य गुमाएको बताए ।

नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकार सञ्चालनमा वामपन्थी दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन ।
नेपालले वामपन्थी दलहरुबीच सरकारमा लामो सहकार्य आवश्यक रहेको पनि बताए ।

कमेन्ट गर्नुहोस्