घुस लिएको आरोपमा कार्यालय प्रमुख पक्राउ

सिरहा, साउन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रूपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई पक्राउ गरेको छ ।

बिहीबार योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्