पौडेल र रौनियारलाई शिक्षा पत्रकारिता पुरस्कार

काठमाडौं, साउन १२। यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार ‘एडुखबर डट कम’का सम्पादक श्रीधर पौडेल र ‘नागरिक दैनिक’ पत्रिकाकी रुवी रौनियारलाई प्रदान गरिने भएको छ ।

‘शिक्षालय’ नामक पत्रिका र ‘आजको आवाज मिडिया’ले संयुक्त रुपमा उनीहरुलाई प्रदान गर्ने पुरस्कारको राशी जनही पाँच हजार रुपैया रहेको छ ।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डका अध्यक्ष श्याम तण्डुकारले शिक्षा क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले शिक्षा पत्रकार र शिक्षा क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई समेटेर निर्णायक समिति गठन गरी त्यसको सिफारिसका आधारमा पुरस्कार दिन लागिएको बताए ।

यसैगरी २०७३ सालको एसइई परीक्षामा सामुदायिक विद्यालयतर्फबाट उच्च अंक ल्याउने विद्यार्थीलाई रु २५ हजार राशीको वाइवाइ ज्ञानोदय पुरस्कार प्रदान गरिने जनाइएको छ ।

आगामी साउन १६ गते दिइने सो पुरस्कारका साथ १२ विधामा विद्यालय तथा विद्यार्थीलाई सम्मानसमेत जनाइएको छ ।

कमेन्ट गर्नुहोस्