डा केसीका मागका सम्बन्धमा ठोस निर्णय गर्न आयोगको माग

काठमाडौं, साउन १२ । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै ११ औं पटक आमरण अनशनमा रहेका डा गोविन्द केसीको माग सम्बोधनका लागि तत्काल ठोस निर्णय गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

बिहीबार आयोगको केन्द्रीय कार्यलय ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै ११ औं पटक आमरण अनसनमा रहेका डा. केसीको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेका हुन ।

आजसम्म भएका सम्झौताहरुको पूर्ण कार्यान्वयन गर्न, गराउनका लागि तत्कालै प्रभावकारी कदम चाल्न पनि आयोगले सरकारलाई भनेको छ ।

आयोगले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, उपभोक्ता मञ्चका अगुवा र सरोकारवाला समेतलाई बोलाएर चिकित्सा क्षेत्र लगायत समग्र शैक्षिक क्षेत्रमै व्याप्त बेथितीले उपभोक्ता मारमा परेको भन्दै सरकारले तत्काल सो बारे आवश्यक पहल थाल्नुपर्ने बताएको हो

कमेन्ट गर्नुहोस्