पहिलो पटक कृत्रिम ‘भोकल कर्ड’ प्रत्यारोपण

काठमाडौं, साउन १२ । घाँटीको क्यान्सर भई आवाज गुमाएका दुई बिरामीहरुमा ‘ॐ’ नाम दिइएको आवाज यन्त्र जडान गरिएको छ ।

ललितपुरको हरिसिद्धीमा रहेका नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा बिहिबार पहिलोपटक दुई बिरामीहरुमा यस्तो यन्त्र जडान गरिएको हो ।

यो प्रविधिलाई सिलिकन प्रोस्थेसिस भनिने भारतीय क्यान्सर विशेषज्ञ डाक्टर बिशाल रावले बताएका छन ।

घाँटीको बोल्ने नली अर्थात् भ्वाइस बक्स मा क्यान्सर भएपछि यसलाई काटेर फाल्नुपर्ने हुन्छ । बोल्ने नली फालेपछि बिरामीले जीवनभरी बोल्न सक्दैन ।

घाँटी तथा टाउकोका क्यान्सर विशेषज्ञ डाक्टर रावका अनुसार बिरामी बोल्न नसक्ने समस्याले गर्दा मानसिक रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

यो प्रविधिको प्रयोग पछि बिरामीले बोल्न सक्छ । यो डिभाइस एक पल्ट घाँटीमा राखेपछि ३ महिनादेखि २ वर्षसम्म काम गर्छ ।

कमेन्ट गर्नुहोस्