यी अनशनहरू !

 रूद्रप्रसाद भट्टराई/

अनशन ! अनशन !! अनशन !!!

अनशन शब्दलाई लिएर दोश्रो पटक लेख्ने जमर्को गरें । गल्ती भए सच्याइदिनुहोला ।

आजभोली अनशन शब्द निकै चर्चित छ । काम गर्ने र गराउनेको अभिन्न साधन बन्न पूगेको छ अहिले । शान्तिपूर्ण कार्यक्रम भएपनि आधुनिक हतियारको शक्तिभन्दा कम छैन, अनशन । तर, भाषागत रुपमा यो शब्द अनशनबाट अनसनमा झारिएको छ त्यो भने खल्लो भएको छ ।

कोहिले आफ्नो नीजि स्वार्थ पूर्तिको लागि यो औजारको प्रयोग गरेका छन् भने कोहिले सामुहिक र प्रणालीलाई सुधार्नको यसमा दत्तचित्त छन् । जे भएपनि आखिर अनशन अन्तिम विकल्पको रुपमा देखापरेको छ । अन्यबेला चिर निन्द्रामा पर्ने सम्बन्धित निकाय यो शब्दमा आहाल खेल्ने बानी परेर हुनसक्छ त्यसपछिमात्र तात्ने गरेको पाइन्छ । कोहिबाट अपरिचित र बेअभ्यासमा छैन अनशन । शिक्षक, विद्यार्थी, किसान, पत्रकार, डाक्टर, इन्जिनियर, उद्यमी व्यवसायी आदि सबैमा लोकप्रिय बन्दै गएको छ ।

विश्वमा अनशनको शुरुवात कहिलेबाट भयो कुनै अभिलेख त छैन तरपनि आवश्यकतालाई पुरा गर्नको लागि प्रयोग गरिएको एक संरचनामा प्रयोग भएको ठोकुवा गर्न सकिन्छ । प्राप्ति गर्ने क्रममा यसको दूरुपयोगका घटनाहरूपनि उत्तिकै देखिएका छन् । कोहि चामलका लागि, कोहि जनावरहरूको अधिकारका लागि, कोहि करार हुन, कोहि स्थाइ हुन, कोहि वेथिति विरुद्ध, कोहि आधारभूत आवश्यकता परिपूर्तिको लागि यस्तै—यस्तै अनशनमा बसेका छन् । यसमध्ये प्रायः आवश्यकता पाउन सक्षम पनि देखिएका छन भने न्यून संख्या मात्र ओझेलमा परेका छन् । यसको दरिलो प्रमाण भर्खरै मात्र सुरु भएको प्राध्यापकको अनशनको छ, आंशिक र स्थायी प्राध्यापक डा. गोविन्द केसी ।

नेपाल आंशिक प्राध्यापक संघ चरणवद्ध आन्दोलन पश्चात रिले अनशनमा उत्रिएको छ भने उता केसीपनि विभिन्न माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनमा एकैदिन उत्रिएका छन् । पढाएको ज्याला पाउनुपर्ने, समयानुसार विज्ञापन गर्नुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरेका आंशिक प्राध्यापकको पीडा थामिनसक्नु छ । विश्वविद्यालय पटक पटक सम्झौता गर्छ तर कार्यान्वयनमा चुक्ने गरेको कारण आंशिकको समस्या लम्बिँदो छ ।

नेपाल आंशिक प्राध्यापक संघ चरणवद्ध आन्दोलन पश्चात रिले अनशनमा उत्रिएको छ भने उता केसीपनि विभिन्न माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनमा एकैदिन उत्रिएका छन् । पढाएको ज्याला पाउनुपर्ने, समयानुसार विज्ञापन गर्नुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरेका आंशिक प्राध्यापकको पीडा थामिनसक्नु छ । विश्वविद्यालय पटक पटक सम्झौता गर्छ तर कार्यान्वयनमा चुक्ने गरेको कारण आंशिकको समस्या लम्बिँदो छ । कम्तीमा करारको माग राखि विभिन्न पटक गरेर अनशन बसेका छन, कति माग पूरा गरे वा गरेनन् आफ्नो ठाउँमा छन तर उनीहरूले पनि दरिलो सहारा अनशनकै लिए । तर उनीहरूको जायज माग पूरा नगरेकै कारण अनशन रोज्नुपर्ने वाध्यता विश्वविद्यालयले नै रोजेको बताउँदै आएका छन् ।

रूद्रप्रसाद भट्टराई

विद्यालयका अस्थाइ शिक्षकहरूपनि स्थाइको माग राखि कुनै समय अनशनमै बसेका थिए, माग पूरा गराएरै छाडे । भारतमा जन्मेका महात्मा गान्धी अहिंसात्मक आन्दोलनका विश्वप्रख्यात धरोहरले अनशनकै माध्ययमबाटबाट त्यसताकाका निरंकुशतालाई घुंडा टेकाउन सकेका थिए । यस्तै अन्ना हजारे र रामदेवले पनि चलाएको भ्रष्टाचार विरोधी आन्दोलन पनि अनशनबाटै चर्चित र पछि आम आद्मी पार्टीबाट राम्रै जनमत हाता पनि पारे । विद्यानले यो शब्दलाई नकारेपनि अपरिहार्य प्राप्तीकै लागि अनशन शब्दको प्रयोगले बेप्रयोगमा नखर्चिएको स्पष्टै हुन्छ ।

केहि समय अघिसम्म गोरखाका अधिकारी दम्पति आफ्नो छोराको हत्यारालाई कारबाहीको माग राखि पटक—पटक अनशनमा बसे । तर न्याय पाएनन् । ज्यान लिएरै छाड्यो राज्यले । राजनीतिक विषय भएपनि अहिलेसम्म उनीहरूका जायज् माग पूरा हुन सकेका छैनन् । यसमा आफ्नै तरिकाले राजनीतिकरण गर्न खोजिएको देखियो, जुन निरन्तर छ ।

तर आलेटाले अनि प्रणालीको घज्जी उडाउनेको लागि तरवार सावित भएको छ । मुद्दाहरू कालान्तारदेखि नै चलेतापनि सम्बन्धित निकाले जनआवाजहरू नसुनेपछि विकल्पहरूका महा विकल्पमध्ये यस शब्दको अभ्यास बढ्दै गएको छ । कयौँ अवरोधहरूको परवाह नगरी अधिकारको लागि बस्ने यो शब्दले पोल्ने मनहरूलाई ठूलो झड्का दिएको पनि छ ।

यसकारण अनशन अहिले जनचासोको बीचमा रहेको छ । अत्याज्य विभिन्न मुद्दाहरूमध्ये अनशन डरलाग्दो र तौलदार बन्न पुगेको छ भने फेशनस्वरुप विकशित रुपले भने यसको गरिमालाई होच्याएको पनि शब्द पण्डितहरू स्वीकार्छन् । तर आलेटाले अनि प्रणालीको घज्जी उडाउनेको लागि तरवार सावित भएको छ । मुद्दाहरू कालान्तारदेखि नै चलेतापनि सम्बन्धित निकाले जनआवाजहरू नसुनेपछि विकल्पहरूका महा विकल्पमध्ये यस शब्दको अभ्यास बढ्दै गएको छ । कयौँ अवरोधहरूको परवाह नगरी अधिकारको लागि बस्ने यो शब्दले पोल्ने मनहरूलाई ठूलो झड्का दिएको पनि छ । हेर्दै जानुस् यी दुइ प्राध्यापक आफ्नो अधिकारमा जीत हासिल गर्छन् र विश्वविद्यालयको वेथितिलाई निमिट्यान्न पार्छन् पार्छन् । कीनकी यो अनशन सम्पूर्णताको प्रतिक हो जहाँ नीजि स्वार्थ छैन र देखिँदैनपनि ।

यी दुवै प्राध्यापकसंग भएका लिखित सम्झौताहरू अक्षरंश पालना हुने हो भने विश्वविद्यालय बन्छ । तर पटक पटक छलकपटमा गुजार्ने राणनीतिलाई फेरिपनि लम्ब्यायो भने अबको अनशनले सत्याग्रह निश्चित निम्त्याउँछ, जसलाई पूरा नगर्न कृतिचोर र उनका सहयात्रीहरूको बुतोभित्र छैन ।

नीति निर्माण तहमा बसेर राम्रा कानूनहरू निर्माण गर्दै दीर्घकालीन हुने कार्यहरू गर्नुपर्नेमा विश्वविद्यालयहरूमा पछिल्लो समय घुष्याहा र भ्रष्ट व्यत्तिहरूको मनोमानी बढ्नाले पेशा र पद्दतिमाथि धब्बा जन्मन पूगेको छिपाउन सकिन्न । यस्ता गतिविधिले गर्दा पैसा खर्च गरेर जे पनि जसरी पाइन्छ भन्ने केहीतन्त्रले जरा गाडेको छ । त्यस्ता तत्वहरूका लागि आंशिक र स्थायी प्राध्यापक डा. केसी जस्ता धेरै व्यक्तिहरू सक्रियरुपमा लाग्नुपर्ने देखिएको छ । यदि यो वेथितिलाई यत्तिकै छाडिदिने हो भने गलत परिपाटीको कहिल्यै अन्त्य हुँदैन ।

तसर्थ, यहां आंशिक प्राध्यापक र डा. केसीमात्र होइन, गोरखा भूजेलाका अधिकारी परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । यस्ता घटनाहरू अरुपनि कत्ति छन् कत्ति । इतिहासले विश्लेषण गर्ने छुट्टै परिपाटी होला, तर न्याय नभएको प्रष्टै देखिन्छ । सरकार, संसद, राजनीतिक दल, पदाधिकारी, विभिन्न निकायहरू राजनीतिक संस्कार र दायित्ववोध नभएका कारण यस्तो शैलीको निरन्तरता बढ्दै गएको छ । यसकारण अबपनि यस्ता गलत गतिविधिलाई साथ दिँदै भ्रष्ट र अन्यायी क्रियाकलापलाई जिताउँदै जाने हो भने भोलिको पींढिले अनियमितता र भ्रष्टचारीको बिम्ब प्रयोगमा ल्याइरहने छन् । त्यसैले नियम र संस्कार निर्माण गर्ने यो भन्दा उपयुक्त समय हुन सक्दैन, चाहे त्यो सरकार, त्रिवि र अन्य निकाय नै किन नहोस् । सुध्रिने र सुधार्ने बेलापनि याहि नै हो । भोका आंशिक प्राध्यापक र डा. केसी दुबैका माग जायज् छन्, दिन नगुजारेर हल गरेकै राम्रो ।

 

 

 

 

 

कमेन्ट गर्नुहोस्