डा केसीको आन्दोलनमा राप्रपा विद्यार्थी सङ्गठनको ऐक्यबद्धता

काठमाडौं, साउन १२ । राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंले प्राडा गोविन्द केसी को आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

बिहीबार एक ऐक्यबद्धता पत्र जारी गर्दै उसले भनेको छ, ‘नेपालको चिकित्सा क्षेत्रमा रहेको विद्यमान समस्या र विकृतिका विरूद्ध तपाईले उठाएका समय सापेक्ष माग र तपाइले गर्नु भएको उच्च नैतिक र फरक ढङ्गको आन्दोलनलाई हाम्रो विद्यार्थी सङ्गठन राप्रविसं उच्च नैतिक सम्मान गर्दै ऐक्यबद्धता व्यक्त गर्दछ ।’

डा केसी अनशन बसेको स्थलमा पुगी सङ्गठनले उनको मागमा ऐक्यबद्धता जनाएको हो। ऐक्यबद्धता जनाउन सङ्गठन अध्यक्ष राजिव लामीछाने,उपाध्यक्षद्वय निराजन बम ,श्याम यादव,महासचिव राज बस्नेत,कोषाध्यक्ष कुमारी स्याङ्तान अर्जुन शाही, लक्षमण ढकाल लगाएत केन्द्रीय सदस्यहरू पुगेका थिए।

सङ्गठनले ऐक्यबद्धता जनाउँदै चिकित्सा क्षेत्र र चिकित्सा शिक्षाको विकास,गुणस्तरीय चिकित्सा सेवा,चिकित्सा क्षेत्रमा रहेको माफियातन्त्रको अन्त्य,चिकित्सा क्षेत्रमा समान पहुँच जस्ता डा केसीले उठाएका मुद्दा प्रत्यक्ष एवम् परोक्ष रूपमा जनताको भाग्य र भविष्यसँग जोडिएको हुनाले केसीको आन्दोलनलाई सङ्गठनले निरन्तर साथ दिने महासचिव राज बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्