गृहमन्त्रीलाई खुल्ला पत्र

प्रेम सुनार

माननिय गृहमन्त्री ज्यु , हजारौं नेपालीहरु झै म पनि कुनै समयको वैदेशिक रोजगार पिडित मान्छे हुँ । म सर्वप्रथम त मैले भोगेको स्थान मलेशियाको कथा सुनाउँ छु । म त्यहाँबाट प्रकाशित हुने श्रमताहिक पत्रिकाबाट नेपाली श्रीमिकहरुको आवाज उठाउँथे । सुरुमा म मलेलिसियाको सेलाङ्गर राज्यको कापर भन्ने स्थानमा रहेको कोशान ग्लोव कम्पनीमा काम गर्दा गर्दै त्यस पत्रिकामा रिर्पोटिङ्ग गर्थे ।

जव मैले रिर्पोटिङ्ग गर्न थाले कम्पनीका प्रमुखहरु र उनीहरुको र्याल चाट्दै पोषित र आफ्नै नेपाली दाजुभाईलाई शोषित र दमन गर्ने कथित नेपाली लिडहरु विचमा आगो वोल्न थाल्यो । तर शोषित नेपालीहरुलाई उर्जा प्रदान भयो । करिव १ वर्षको अन्तरालमा सम्प्रेषिथ समाचार लगत्तै ४ जना लिडहरु भागे , कोही विदा लिएर घर फर्केको त्यस कम्पनीमा २००६ सम्म वस्ने सारा नेपालीलाई थाह छ ।

मेरै नेतृत्वमा त्यस कोशान कप्नीका नेपालीहरु संगठित भएका थिए । त्यही क्रमा संगठित नेपालीहरुले दशै विशेष कार्यक्रम ग¥यौं । तर तिनै मालिकको जुठो पुरोमा बाँचेकाहरुका पनि जुठो पुराहरुले कम्पनीलाई कुरा लगाएर मध्ये रातमा पुलिस बोलाएर गोली बर्षाईयो । हाम्रा साथीहरु त्यति वेला सम्म स्पात भई सकेका थिए । प्रतिकार गर्न तयार भई दुई चार राउण्ड हवाई फयर गरेर प्रहरी व्याग भयो ।

पछि मलाई यो माओवादी हो भनेर कुरा लगाए । मैले कम्पनी छाड्नु पर्ने भयो नत्र मेरो कुनै न कुनै दिन ज्यान जाने खतरा बढ्यो । अन्ततः म पाष्पोर्ट सहित कम्पनीबाट विदा भएँ । मलाई साथीहरुले दुई चार सय रिङ्गेट सहयोग संकलन गरेर भव्य कार्यक्रम राखेर विदाई गरेका हुन् । मेरो सम्पर्क श्रम साप्ताहिकका प्रधान सम्पादक रमेश तुफान पण्डित संग भई रहेको थियो । अन्ततः म केएलस्थित त्यसै पत्रिकाको डेक्समा बसेर काम गर्न थालेँ ।

पछि मलाई यो माओवादी हो भनेर कुरा लगाए । मैले कम्पनी छाड्नु पर्ने भयो नत्र मेरो कुनै न कुनै दिन ज्यान जाने खतरा बढ्यो । अन्ततः म पाष्पोर्ट सहित कम्पनीबाट विदा भएँ । मलाई साथीहरुले दुई चार सय रिङ्गेट सहयोग संकलन गरेर भव्य कार्यक्रम राखेर विदाई गरेका हुन् । मेरो सम्पर्क श्रम साप्ताहिकका प्रधान सम्पादक रमेश तुफान पण्डित संग भई रहेको थियो । अन्ततः म केएलस्थित त्यसै पत्रिकाको डेक्समा बसेर काम गर्न थालेँ ।

त्यस पछि मलेशियाको प्रत्येक कुनामा शोषित दमित भएर बसेका नेपालीहरु सम्म पुग्ने अवसर पाएं । करिव ३ वर्षको अवधी सम्म मैले बुझेको कुरा र मेरो पत्रकारिताबाट यहि पाएँ मलेशियामा नेपालीको शोषण मालिकबाट गराउने पनि नेपाली हो, लुटाउने र अकालमा मराउने पनि नेपाली हो ।

त्यहाँका मान्छे पनि काला मन पनि कालाहरुबाट कुकुर मारिए झै मारिएका थुप्रै नेपालीको शव उठाएका थियौं । थुप्रै घाईतेहरु बचाउन सहयोग संकलन पनि गरेका थियौं । मलेशियाका पुरै राज्यका प्रत्येक कम्पनीमा संगठन विस्तार पनि गरेका थियौं । हरेक स्थानमा हजारौं नेपाली थिए । हामीले थुप्रै कम्पनीमा हड्ताल पनि गर्यौं । पछि मलाई हाम्रै कपुत नेपालीले सुराकी गरे मलेशियाको प्रहरीलाई ।

ठिकै छ म माओवादी नै भए छु तर म माओवादी भए पनि वा एमाले कांग्रेस जो भए पनि नेपालीहरुको पक्षमा त जति वेला पनि उभिएकै थिएँ र मेरा नेता पत्रकार रमेश तुफान उहाँकी धर्म पत्नी कोपिला गौतम पनि म भन्दा एक कदम अगाडी हुनुहुन्थ्यो । नेपालीलाई त्यति गर्ने हामी देखि त्यहाँका केहि राजनिती फाईदा मात्रै लिन

संगठनको मञ्चन गरेका र नेपाली ओसार्न ठेक्का लिएकाहरु हामी माथी जाई लागे । म आज पिडाका साथ भन्छु बरु स्यम नेपालीले छुरी हानेको भए हुन्थ्यो तर लगाईयो बैरी देशको प्रहरीलाई म माथी पोस्तोल तेर्साउन । म एक दिन केएल वजारमा हिड्दै थिए । कम्पनी छाडेका तर भिषा , पाष्पोर्ट भएका म जस्ता थुप्रै नेपाली थिए । तर प्रहरीले मलाई मात्र समातेर गाडीमा हाल्यो । अहिले म त्यो जंगल चिन्दीन विर्से । रात परी सकेको थियो एउटा घनघोर जंगल विचमा वर्दिवाला प्रहरीले दुवै तिर पोस्तोल तेर्साए । म धर्म खासै मान्दीँन थे, मनमनै हे पशुपति नाथ मलाई बचाउ भनेर कामना गरे । दुई हात जोडे उनिहरु संग । उनिहरु विचमा अलिपर गएर सल्लाह भयो । वि केयरफुल भन्दै मेरो साथमा भएको पैसा , मोवाईल सेट र अरु भन्दा पनि मेरो महत्वपुर्ण कागजात पासपोर्ट खोसेर लग्यो । त्यो प्रहरी कुन स्थानको थियौ मलाई थाह भएन् । त्यो रातमा कसरी म बाँचे हुँला जंगलमा रु आफु अनुमान गरी पाउँ ।

कहाँ छ र टोल वस्ती खोज्दै आउन मलाई दुई दिन लागेको थियो भोको पेटमा । वल्ल तल्ल श्रम साप्ताहिकको सम्पर्कमा आएको हुँ र त्यहाँको प्रहरीले मेरो पासपोर्ट लुटे पनि म थप एक वर्ष जति कलम चलाउन छाडिन जति वेला ऋािष समथीङ्ग नामका राजदुत पुगे पछि २०६४ को संविधान सभा चुनापताका म गुल्मी फर्केको हुँ ।

मन्त्री ज्यु संग मेरो यति मात्र निवेदन छ कि प्रहरी जस्तो वर्दिवालालाई सक्कीली पासपोर्ट खोस्ने अधिकार छ  ?  वैदेशिक कामदारको पैसा र मोवाईल समेत लुट्ने अधिकार छ  ?  म त एउटा सामन्य उदाहरणको पात्र मात्रै हुँ । प्रहरीबाट लुटिने र जंगलमा लगेर निर्घात प्रहरीबाटै कुटिने नेपालीहरु हजारौं छन मलेशियामा । प्रहरी नै लुट र अपराधमा उत्रे पछि त्यहाँका मन पनि काला भएकाहरु नत्रिने त कुरै भएन् । मलेशियामा अहिले पनि त्यस्तै छ । खासै सुधार नभएको अहिले पनि त्यहाँका साथीहरुले बताउनु हुन्छ । म फर्किने वेलामा पनि साथीहरुले चन्दा दिएर आएको हुँ । श्रम साप्ताहिकले दिने तलव मलाई रिर्पोटिङ्ग गर्न जाने र संगठन विस्तार मै खर्च हुने गर्दथ्यो । काठमाण्डौ ओर्लिदा म संग जम्मा ५ सय रिङ्गेट थियो । उसै राती खान खाने होटलमा मलेशियामा तिनै नेपालीका नेपाली लुटेराहरुको ईसारामा मलाई मरणशन्य हुने गरी गुण्डा लगाएर कुटाईयो । गुल्मी अर्वेनी कै नन्द बिश्वकर्मा मेर मलेशिया संघर्षको साँछी हुनुहुन्छ , यता घरमा मेरी श्रीमतिलाई यहिको केटी विहे गरेर बसेको छ भन्ने भ्रम छर्न गाउँमा गाई गाई पार्न ति लुटेराहरुले फोन मार्फत भ्याएका थिए ।

मन्त्री ज्यु संग मेरो यति मात्र निवेदन छ कि प्रहरी जस्तो वर्दिवालालाई सक्कीली पासपोर्ट खोस्ने अधिकार छ ? वैदेशिक कामदारको पैसा र मोवाईल समेत लुट्ने अधिकार छ  ?  म त एउटा सामन्य उदाहरणको पात्र मात्रै हुँ । प्रहरीबाट लुटिने र जंगलमा लगेर निर्घात प्रहरीबाटै कुटिने नेपालीहरु हजारौं छन मलेशियामा ।

मैले निवेदन गर्न खोजेको मेरो लागि मात्र होईन , केहि वर्ष अघि देखि म जस्तै विभिन्न मुलुकमा कुटपिट यातना र सोषण दमन सहेर रित्तो हात फर्केका तमाम नेपालीहरुको सत्य तथ्य छानविन गरी राहतको व्यवस्था गरे धन्य हुने थियो । मलाई वरु पर्दैन जसो तसो मलाई मेरै पत्रकारिताले बचाएको छ । तर म जस्तो चरम उत्पीडिन र शोषण दमन सहेर फर्किने नेपालीहरु कोही आत्मा हत्या , कोही मानसिक सन्तसलन गुमाउने त कोही अपराधीक कृयाकलावमा लाग्ने सम्मका भएका छन् ।

कुरो मलेशियाको मात्रै होईन । केहि विकासित मुलुक वाहेक खाडी मुलुकका नेपालीहरुको अवस्था पनि करिव करिव उस्तै छ । हामीले श्रम साप्ताहिक मार्फत मलेशियाको मात्र होईन विश्वभरका नेपाली श्रमिकहरुको कुरा उठाउथ्यौं । र अहिले पनि हामी पवासमा रहेका नेपालीहरुको सम्पर्कमा रहेर उनिहरुको अपत विपतको कुरा उठाउँदै आएका छौं । हामो देशमा धेरै सरकार आए तर कुनै एउटा सरकारले बैदेशिक राजगारमा रहेका नेपालीहरुको श्रमको रक्षा त परै जावोस ज्यानको सुरक्षाका विषयमा समेत निर्णय गर्न सकेन् ।

हामी घर वस्नेहरुले त आटो सिस्ने खाएका छौं । आपत विपतमा छरछिमेकको सहयोग पाएका छौं तर भन्नुस त मन्त्री ज्यु मुग्लानमा वस्नेहरुले कसको साथ पाउने रु मैले आज यो खुल्ला पत्र तव लेखे जव तपाईले बैदेशिक राजगारमा ठगिएका नेपालीहरुका लागि प्रहरीको स्पेशल फोर्श बन्ने गृहमन्त्रीको घोषणा भन्ने समाचार आयो । त्यस समाचारलाई विदेशमा रहने र भोगेर आउने साराले स्वागत गरेका छन् । मैले पनि हृदय देखि स्वागत गर्दै निवेदन गर्छु कि घोषणा मात्रे होईन मन्त्री ज्यु तत्काल त्यति काम गरेरै छाड्नु होस् । त्यसो गर्नु भयो भने लाखौं गरिव वेरोजगार युवाहरुले जयजयकार गर्ने छन् । हुन त जनपक्षिय राम्रो काम गर्याे भने विपक्षीले सफल हुन नदिने यहाँको संस्कार छ तर पेश गर्नुस कसले रोक्दो रहेछ हेरौंला। किन कि यस अघि तपाई उर्जा मन्त्री हुँदा पनि विजुली चोरहरुलाई समातेर एकै दिन अप्रेशन गरेर करिव २४ जनालाई तितर वितर पारी दिनु भएको थियो ।

आपत विपतमा छरछिमेकको सहयोग पाएका छौं तर भन्नुस त मन्त्री ज्यु मुग्लानमा वस्नेहरुले कसको साथ पाउने रु मैले आज यो खुल्ला पत्र तव लेखे जव तपाईले बैदेशिक राजगारमा ठगिएका नेपालीहरुका लागि प्रहरीको स्पेशल फोर्श बन्ने गृहमन्त्रीको घोषणा भन्ने समाचार आयो । त्यस समाचारलाई विदेशमा रहने र भोगेर आउने साराले स्वागत गरेका छन् ।

गरे हुने त रहेछ आखिर लोडसेडिङ्गमा पनि सुधार भयो । यसर्थ प्रहरी संगठनलाई परिचालन गरेर के कति सम्म तपाई गृहमन्त्री ज्युले वैदेशिक रोजगारमा रहेका नेपालीको पक्षमा काम गर्न मिल्छ त्यति दह्रो छाती गराएर गर्नु होला मेरो निवेदन यहि छ कि विभिन्न दलको खोल ओढेका र सरकारी तलव खानेहरु नै पर्दा भित्र रहेर व्रम्हालुट गरेका छन गरिव वेरोजगार नेपालीलाई छुरा हानेका छन तिनीहरुको मुकुण्डो पनि विशेष प्रहरी फोर्शले उदाङ्गो पार्न सफल होस भन्ने शुभकामना दिदै विदा चाहन्छु ।

-लेखक प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य र पत्रकार महासंगका केन्दिय सभासद समेत हुन् ।

कमेन्ट गर्नुहोस्