नयाँ शक्तिमा दुई विचार: माओवादीस‌ँग एकता र पार्टीकाे थप सुदृढिकरण

काठमाडौं ।  संघीय फोरमसँग नयाँ शक्तिले गर्ने भनिएको एकता नेतृत्वका विषयमा कुरा नमिल्दा भाँडियाे । फोरमसँगको एकता तोडिएपछि माओवादी पृष्ठभूमिका नेताहरु एजेन्डा मिल्नेसँग एकता गर्ने भन्दै माओवादी केन्द्रसँग नजिकिन थालेका छन् ।

संघीय परिषद् बैठकमा दुई विचार रुपमा उठेको छ, एजेन्डा मिल्नेसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्म जानुपर्ने र याँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने । एजेन्डा मिल्नेसँग ध्रुवीकरण गर्दै एकता गर्नुपर्ने पक्षमा पूर्वमाओवादीहरु उभिएका हुन् ।

देवेन्द्र पौडेल, वामदेव क्षेत्री, महेन्द्र पासवान, मुक्ति प्रधान, कुमार पौडेल, बलिराम साह, बहिद अन्सारीलगायत माओवादी पृष्ठभूमिका नेताहरु माओवादी केन्द्रसँग एकता गर्नुपर्नेमा दबाब बढार्इरहेका छन् भने पञ्चलाल महर्जन, कुमार क्षेत्री लगायतले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।

 

कमेन्ट गर्नुहोस्