युरोपा लिग फुटबल:  एभर्टनको जित

काठमाडौं, साउन १३ । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगका छनोट खेलहरु जारी छन् । खेलमा इङ्लिस क्लब एभर्टन विजयी भएको छ । आफ्नै मैदान गुडिसन पार्कमा भएको पहिलो लेगको खेलमा एभर्टनले स्लोभाकियाको रुजोम्बेरोकलाई १–० ले हराएको हो ।

एभर्टनलाई विजयी गराउन लेईटन बेन्सले निर्णायक गोल गरे । दोस्रो लेगको खेल स्लोभाकियन क्लबको मैदानमा हुनेछ । इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड छोडी आफ्नो पुरानै क्लब फर्किएका वायन रुनीले गएरातिको यही खेलमार्फत एभर्टनको लागि पुनरागमन गरेका छन् ।

१३ वर्षअघि एभर्टन छोडी म्यानचेस्टर युनाईटेड प्रवेश गरेका रुनी यो सिजनको लागि गुडिसन पार्क पुगिसकेका छन् । आफ्नो करियरको उत्तरार्द्धमा रहेका रुनीले एभर्टनका लागि दोस्रो स्पेलमा कस्तो प्रदर्शन गर्छन् भन्नेमा समग्र फुटबलप्रेमीहरु चासो दिईरहेका छन् ।

कमेन्ट गर्नुहोस्