जनताको बस्ने घर छैन,कार्यलय सदस्यलाइ ३ लाखको बाइक ?

सिन्धुपाल्चोक,साउन १३ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले अन्तर्गतका कार्यपालिका सदस्यहरुलाई २० मोटरसाइकल र प्रमुख उपप्रमुखलाई एक गाडी किन्ने निर्णय गरिएको छ । चुनावको चटारो सकिन नपाउदै आफुले पाउने सुख सुबिधा उपभोग गर्न हानथाप चली रहेको बेला इन्द्रावती गाउँपालिकाले पनि यस्तो निर्णय गरेको हो।

गाउँ पालिकाको बस्तुगत स्थितिलाई बुज्ने हो भने पछिल्लो सिलसिला बद्द घटना क्रमले न जनताको आवस नै गतिलो छ न खाने ठेगान। बिकासको पहिलो पुर्बाधारको रुपमा लिइएको सडक संजालको अबस्था हेर्ने हो भने अत्यन्तै दयनीय अबस्था छ। सडक र साधनको अभाव हुदा बर्सेनि उपचार गराउन अस्पताल समयमै पुराउन नसक्दा अनाहकमा मृत्यु भएका उदाहरण प्रसस्त छन।

याे पनि पढ्नुस  स्कूलका विद्यार्थीहरुलाई दिवा खाजा प्रभावकारी, १० वटा विद्यालयलार्इ भाँडावर्तन वितरण

यस्ता परिस्थितिको यथार्थ बिस्लेसन नगरि गत असार २२ गते बसेकाे कार्यपालिका बैठकले ल्याएको उक्त प्रस्ताव असार ३१ गतेको गाउँसभाले निर्णय गरेको थियो। गाउँपालिका प्रमुख वंशलाल तामाङको अध्यक्षताम बसेको गाउँसभाबाट उक्त निर्णय भएको त्यसै गाउपालिका जनता बताउछन्।

गाउ पालिका प्रमुख र उपप्रमुखको लागि गाडी र प्रत्येक सदस्यबापत रु तीन लाख बराबरको मोटरसाइकल खरिद गर्ने कार्यपालिका सदस्य र वडा अध्यक्षहरुको बैठकबाट उक्त प्रस्ताव आइ गाउँसभाबाट पनि पारित भइसकेको स्थानीयले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  हामी त माओवादी प्रवेश गर्याैं

भुकम्पबाट प्रभावित हजारौं घरपरिवारले पैसाको अभावमा आवास निर्माण गर्न नसकेको अवस्थामा गाउँपालिकाले गरेको उक्त निर्णयप्रति स्थानीहरुले आक्रोश ब्यक्त गर्दै भने गाउमा एउटा एम्बुलेन्स छैन तर नेताकार्यकर्तालाइ भने गाडी र बाइको भुत चढेको छ । गाउँपालिकामा ३० करोड ५५ लाखको बजेट विनियोजन भएको थियो ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका मेयरमा माओवादी केन्द्रका अमनसिंह

 

कमेन्ट गर्नुहोस्