१८ घण्टाको कठीन बाटो हिँडेपछि यस्तो देखिन्छ नागलोगको दृश्य (फोटो फिचर)

२० किलोमिटरको बाटो हिँडन् लाग्छ १८ घण्टा, अनि आउँछ नागलोक

आज नाग पञ्चमी । हिन्दू धर्मावलम्बीहरुले नाग अर्थात् सर्पको पूजा गर्छन यो दिन ।

हिन्दूहरुका कैयन् तीर्थस्थल रहेका छन् । यस्तै एक तीर्थस्थल हो नागद्वारी ।

भारतको मध्यप्रदेशमा पचमढी नजिकै छ नागद्वारी । यहाँ हरेक वर्ष १० लाख बढी तीर्थालुहरुले भ्रमण गर्ने गर्दछन् । तर यो त्यति सजिलो भने छैन ।

१८ किलोमिटरको कठीन बाटो पार गरेपछि बल्ल यहाँ पुगिन्छ । २० किलोमिटरको बाटो पार गर्न कम्तीमा पनि अढार घण्टा लाग्छ ।

त्यसो त यो क्षेत्र सधैंभरी खुला हुँदैन । वर्षमा १० दिन मात्रै यहाँ आउन पाइन्छ ।

नागद्वारीमा हरेक वर्ष नागपञ्चमी भन्दा १० दिन अघि देखि मेला लाग्न शुरु हुन्छ । नागपञ्चमीका दिन भने मेलाको समापन गरिन्छ ।

महाराष्ट्रियन समुदायमा यो स्थानको विशेष महत्व छ । त्यहाँ आउने तीर्थालुहरुमा ९० प्रतिशत महाराष्ट्रका मात्रै हुने गर्दछन् ।

विदर्भ समुदायका कूल देवता मानिन्छन् नाग । त्यसैले नागपुर र त्योसँग जोडिएका मानिसहरु बढी जसो यहाँ आउने गर्दछन् । विदर्भहरुले पृथ्वी शेषनागको टाउकोमा अडिएको विश्वास गर्दछन् ।

नागपञ्चमीभन्दा एक दिन अघि मुख्य मन्दिरको अगाडि हवन हुने गर्दछ । विदर्भ समुदायका मानिसहरु यो हवनको खरानी आफूसँग लगेर खेतमा राख्ने गर्दछन् । खेतमा यो खरानी राखेमा सर्प नआउने उनीहरुको विश्वास छ ।

मानिसहरुले मुख्य मन्दिर पछाडि भएको गुफामा नागहरु बस्ने विश्वास समेत राख्छन् ।

झरनाहरुले भरिपूर्ण यो क्षेत्रका झरनाको पानी पिउन समेत मानिसहरु आउने गर्दछन् ।


नागद्वारी पुग्न भने अत्यन्तै बाक्लो जंगल भएर जानुपर्छ । यो बीचमा न कुनै मानव बस्ती छ, न त कुनै बस्ने ठाउँ नै । भोपालबाट दुई सय किलोमिटरको दूरीमा एउटा हिल स्टेशन छ पचमढी ।

यहाँबाट पैदल बाटो शुरु हुन्छ । तर पचमढीबाट जलगली सम्म ६ किलोमिटर गाडीसम्म पनि जान सकिन्छ ।

दैनिक भाष्करबाट

कमेन्ट गर्नुहोस्