बार्सिलोनामा रेल दुर्घटना, ४ दर्जन घाइते

स्पेन, साउन १३ । स्पेनको बार्सिलोनामा रेल दुर्घटना हुँदा ४८ जना घाइते भएका छन् ।

शुक्रबार बिहानको व्यस्त समयमा स्टेसन डे फ्रान्सियामा उक्त दुर्घटना भएको क्याटालान इमर्जेन्सी सर्भिसले जनाएको सिएनएनले उल्लेख गरेको छ ।

यो पश्चिमी स्पेनको सबैभन्दा मुख्य रेलवे स्टेशन मानिन्छ

घाइतेहरुमध्ये १८ जनालाई अस्पताल भर्ना गरिएको छ । यी मध्ये ५ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।

अहिलेसम्म मृत्यु भएको समाचार सार्वजनिक भएको छैन । दुर्घटना के कसरी भयो भन्ने विषयमा अहिले केही खुलेको छैन ।

अधिकारीहरु अहिले उद्दार कार्यमा व्यस्त रहेका छन् ।

कमेन्ट गर्नुहोस्