देउवा सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, पार्टी विवाद झन चुलियो

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले देउबा सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउबाले मन्त्रीपरिषद बिस्तार गरे लगत्तै राप्रपाको यस्तो निर्णय सार्वजनिक भएको हो ।

सरकार विस्तार गर्दा मन्त्रालय छनौटबारे आफूहरुसँग सल्लाह नगरेको राप्रपाको आरोप छ ।

राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेपनि देउवाले चार मन्त्रालय भन्दा बढी दिन नसकिने बताएपछि राप्रपा सहभागी भएको थिएन ।

आन्तरिक विवादले थला परेको राप्रपाले संविधान संशोधनमा भने आफ्नो सैद्दान्तिक सहमतिको अडान कायमै रहेको जनाएको छ ।

पार्टीभित्रको विवादलाई टुंग्याउन प्रदेश स्तरीय परिषद बैठक गर्ने निर्णय समेत राप्रपाले गरेको छ । यसका लागि मिति समेत आज बसेको
राप्रपा पदाधिकारी बैठकले तय गरेको छ ।
जस अनुसार,
प्रदेश नम्बर १ को झापा, ३ को हेटौंडा, ४ को पोखरा, ५ को नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को कञ्चनपुरमा बैठक गरिने छन् ।

कमेन्ट गर्नुहोस्