सर्वाधिक धनीको सूचिमा बिल गेट्सलाई पछारे बेफोजले, एक तिहाई धनी अमेरिकी मात्रै

काठमाडौं, विश्वका खर्बपतिहरुको सूचिमा एक तिहाई धनाढ्यहरु अमेरिकाका मात्रै रहेका छन् ।

ब्लुमबर्गले सार्वजनिक गरेको ५ सय जना सर्वाधिक धनाढ्यहरुको सूचिमा अमेरिकाका मात्रै १ सय ६२ जना रहेका छन् । सर्वाधिक धनीको शीर्ष स्थानमा माइक्रोसफ्ट संस्थापक बिल गेट्स रहेपनि बुधबारको शेयर बजार अमेजनले उल्लेख्य कमाई गरेसँगै बिहिबारदेखि अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस पहिलो स्थानमा उक्लिएका छन् । यसअघि उनीहरुबीच सम्पत्तिको फरक भने थोरै (०.७ बिलियन डलर) मात्रै रहेको थियो । बिहिबार बेजोसको कूल सम्पत्ति ९३.३ बिलियन डलर पुगेको छ । यसअघि उनको सम्पत्ति ८९.३ बिलियन डलर थियो ।

धनाढ्यहरुको सूचिमा मुकेश अम्बानीसहित २२ जना भारतीयहरु समेत परेका छन् । नेपालबाट भने ५ सय जना धनाढ्यहरुको सूचिमा कोही पर्न सकेका छैनन् । यो सूचिमा ४० जना चीनका रहेका छन् ।

हेर्नुस् सूचि

कमेन्ट गर्नुहोस्