हिंसा गर्नेलाई पक्राउ गर्न अदालतको आदेश

एजेन्सी, साउन १३ । दाइजोको निहुँमा हिंसा गर्नेलाई तत्काल पक्राउ गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ ।

पीडित महिलाको श्रीमान र सासु ससुरालाई दाइजो प्रथा विरुद्धको कानुन उलङ्घन गरेको भन्दै दुई जना न्यायाधीशको संयुक्त इजलाशले यस्तो आदेश दिएको बताइएको छ ।

अदालतले दोषीलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाउन पनि भनेको छ ।

कमेन्ट गर्नुहोस्