जीप दुर्घटनामा १३ जना घाइते

पाँचथर, साउन १३ । पाँचथरको फिदिम नगरपालिका–४ सारन्तामा जिप दुर्घटना हुंदा १३ जना घाइते भएका छन् ।

सदरमुकाम फिदिबाट मेमेङको लागी छुटेको मे १ ज १८९२ नम्बरको जिप फिदिम नगरपालिका ४ सारन्तामा सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । भने अरु सामान्य घाइते भएको बताइएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारको लागी जिल्ला बाहिर पठाइएको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा फालेलुङ गाउँपालिका रमिला खपांगी उनकै ६ वर्षीय छोरा लक्की खपांगी मेमेङ निवासी समिप गुरुङ, दावा गुरुङ, निमा गुरुङ, बलबहादुर राई, तेजबहादुर गुरुङ र सिखा तामाङ, भारपा निवासि मिना तामाङ, हेमराज खनाल र भानुभक्त खनाल, फिदिम निवासी बिक्रम राइ, एकतिनका बल बहादुर खत्री रहेका छन् ।

कमेन्ट गर्नुहोस्