अब घरैबाट चेक डिपोजिट

एजेन्सी । अब घरैबाट आफ्नो बैंक खातामा चेक डिपोजित गर्न सक्ने प्रविधिको विकास भएको छ । बेलायतमा भर्खेरै विकास गरीएको प्रविधिको प्रयोग गरी घरै बसेर स्मार्टफोनबाटै बैंकमा चेक डिपोजिट हुने भएको हो ।

स्मार्टफोनबाट चेकको फोटो बैकमा पठाएर चेक डिपोजिट गर्न सकिने भएको बताइएको छ । योसंगै अब बैकसम्म जानुपर्ने झण्झटबाट धेरै मानिसहरुले मुक्ति पाउने भएका छन ।

याे पनि पढ्नुस  बाबा रामदेवले विश्वकै सबैभन्दा सस्ताे स्मार्टफाेन ल्याउने रे !

प्रविधीको विकासले मानिसको जीवनशैली दिनप्रतिदिन सहज र सुलभ बनाइरहेको समयमा अब प्रविधिकै कारण चेक डिपोजिट गर्नका लागी बैक समेत जान नपर्ने भएको हो ।

बिबिसीले बताए अनुसार सरकारले यस विषयमा अध्यया सुरू गरिसकेको छ । यदी यो व्यवस्था लागू भए चेक क्लियर हुनका लागी समय पनि थोरै लाग्ने निश्चित छ ।

कमेन्ट गर्नुहोस्