नौं सय बिगाहमा लगाइएको केरा नष्ट

राजविराज, साउन १३ । केही समय पहिले सप्तकोशी नदीमा आएको बाढीले यस क्षेत्रमा पाँच सय बिगाहमा लगाइएको केराखेती नष्ट भएको छ ।

सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ मा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताए ।

बाढी केराखेतीमा पसेपछि केराका बोट मरेका हुन । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केराका बोट सुक्न थालेको कृषक इन्द्रदेव लोगीले बताए ।

एक बिगाहा जग्गामा केराखेती गर्न दुई लाख रुपैयाभन्दा बढी लागत लाग्छ । केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् ।

यस्तै सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–२ कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । सो क्षेत्रमा करिब चार सय बिगाहामा केराखेती गरिएको छ ।

कमेन्ट गर्नुहोस्