राजश्व संकलन २६ प्रतिशतले वृद्धि

काठमाडौं, साउन १३ । अघिल्लो वर्षभन्दा गएको आर्थिक वर्ष २०७३/७४ मा राजश्व संकलन २६ प्रतिशतले वृद्धि भएको छ ।

गएको असार मसान्तसम्मको राजश्व संकलनको लक्ष्य २ खर्ब ३३ अर्ब ६० करोड १५ लाख १७ हजार रहेकोमा २ खर्ब ५८ अर्ब १७ करोड ४९ लाख ८५ हजार रुपैयाँ संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन भएको हो ।

यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ ।

 

कमेन्ट गर्नुहोस्