किन विघटन गरियो नयाँ शक्तिको संघीय कार्यकारी समिति ?

काठमाडौं, साउन १३ । नयाँ शक्ति पार्टी नेपालको संघीय परिषद बैठकले संघीय कार्यकारी समिति भंग गर्दै डा बाबुराम भट्टराईलाई पार्टी संयोजक चुनेको छ ।

राजधानीमा जारी बैठक अन्तर्गत शुक्रबार बसेको संघीय परिषद बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएसंगै सबै संघीय परिषद्को सदस्य भएको एक नेताले बताए ।

बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठनको प्रस्ताव राखेका थिए । त्यस अनुसार नै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्