चिकित्सा शिक्षा ऐनमा कुरा नमिलेपछि सरकार र डा केसीका प्रतिनिधिबीचको वार्ता निष्कष विहिन

काठमाडौं, साउन १३ । डा गोविन्द केसीका माग सम्बोधन गर्नका लागि सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच भएको बार्ता चिकित्सा शिक्षा ऐनमा कुरा नमिलेपछि विना निष्कर्ष सकिएको छ ।

शुक्रबार दिउँसो सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीका मागहरुमा बुंदागत रुपमा छलफल भएको तर चिकित्सा शिक्षा ऐनमा राखिएको प्रावधानमा सहमति हुन नसकेको डा केसीका वार्ता टोलीका सदस्य डा अभिषकराज सिंहले एभेरष्ट दैनिक डटकमलाई बताए ।

सरकारी बार्ता टोलीका सदस्यले स्वास्थ्य र शिक्षा मन्त्री र प्रमुख तीन दलका संसदका प्रमुख सचेतकसंग छलफल गरेपछि फेरि भोलि बार्ता हुने पनि डा सिंहले बताए ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐनका सम्बन्धमा प्रमुख तीन दलका सचेतकसंग छलफल आवश्यक भएपछि आजको वार्ता स्थगित भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्