विष्फोटक पदार्थ भारतबाटै ल्याउनुपर्छ : रक्षामन्त्री

काठमाडौं, साउन १३ । रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि चाहिने विष्फोटक पदार्थ भारतबाट ल्याउनुको विकल्प नरहेको बताएका छन ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प छैन, यो सामान भारतमात्रै पाउँछ ।’

नेपाली सेनाले विकट स्थानमा धेरै सडक निर्माण गरीसकेकाले कार्य मूल्याङकनका आधारमा राजधानीसँग तराईलाई जोड्ने द्रुतमार्ग निर्माणको जिम्मेवारी दिएको रक्षामन्त्री प्रधानले दावी गरे ।

त्यस्तै उनले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्ड, छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रूतमार्ग पनि तोकिएको समयावधि भित्रै पूरा हुने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्