सर्लाहीका जिल्ला शिक्षा अधिकारी करिब ७ लाख नगदसहित पक्राउ

चितवन, साउन १३ । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई गैरकानुनी रुपमा राखिएको करिब सात लाख रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सुवेदीलाई शुक्रबार ६ लाख ९५ हजार नगदसहित पक्राउ गरेको हो ।

कार्य क्षेत्र सर्लाहीबाट भारतीय नम्बरको बोलेरो जिपमा चितवन घर आउँदै गरेका सुुुवेदीलाई चितवनको लोथरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका सुवेदीले उक्त नगद रकम आफ्नो तलब भत्ताको भएको दाबी गरे पनि प्रहरीले थप अनुसन्धानका लागि उनलाई अख्तियारको बर्दिबास कार्यालय पठाएको छ ।

कमेन्ट गर्नुहोस्