गजलः तिम्रो यादमा भएपनि बाँचेको छु

केशव धौंलाकोटी

जसो तसो यो जिन्दगी काट्दैछु
तिम्रो यादमा भएपनि बाँचेको छु

लाग्दैन कोही पनि आफ्नो आज
जिन्दगीमा एक्लै यात्राहरू गर्ने छु

चाहिँदैन तिम्रो झुठो माया मलाई
स्वार्थी दुनियाँमा यक्लै बाच्नेछु

निष्ठुरी तिम्रो याद धेरै आएको छ
तिमीसित बिताएको पलहरू सम्झेको छु

झुठो रहेछ तिमीले खाएको वाचा–कसम
त्यही दिनको यादमा टोलाउँदै बसेको छु

फेसबुकबाट साभार

कमेन्ट गर्नुहोस्