नेइमार बार्सिलोना छाडेर पिएसजीमा अनुबन्ध हुने

काठमाडौं, साउन १४ । बार्सिलोनाका फरवार्ड स्टाइकर नेइमार क्लब छाडेर पिएसजीमा अनुबन्ध हुन लागेका छन् । ब्राजिलियन खेलाडी नेइमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्ध हुन बार्सिलोना छाड्ने तयारी गरेका हुन् ।

पिएसजीसँग सम्झौता अन्तिम चरणमा नेइमार पुगेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ क्लबसँग सम्झौता गर्न नेइमार तयार भएको र अनुबन्धन सम्झौता मंगलबारसम्म हुने बताइएको छ ।

नेइमारलाई पिएसजीले १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । पछिल्लो केही हप्तादेखि नेइमारले बार्सिलोना छोड्ने तयारी गरेका खबर आउने गरेका थिए ।

अहिले भने सम्झौता अन्तिम चरणमा पुगेको र उनी पिएसजी जाने लगभग पक्का जस्तै भएको बताइएको छ । नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्