प्रेमकथाः अधुरो प्रेम

केशव सिंह धामी

कुरा केही महिना अगाडिको मात्र हो, जतिखेर म आफ्नो यौवनतामा साउने भेल सरी बगेकी थिए । केबल कसैसँग माया प्रेममा लिप्त भई भौतारिँदै दिनरात साझ बिहान प्रत्येक क्षण केबल हामीबीचको सम्बन्ध अनि ती बितेका कहाली लाग्ला रातलाई सँम्झिरहेकी छु अनि त्यही प्रतिबिम्बलाई अँगाल्दै बसेकी छु ।

म एक साधारण लेखपढ गरेकी गाउँमा बस्दै गरिएकी केटी थिए, जतिखेर मेरो उमेर १९ वसन्त पार गरी २० औं वर्षे जवानीमा हिँडिरहेकी थिए । म एसएलसी सकी पल्स टु पढ्न भनि शहर छिरेकी थिए ।

शहरमा डेरा लिई बस्न पुगे । मेरा ति दिन बिहान कलेज गई फर्कने अनि कोठामा नै एकान्तमा बस्ने मेरा नित्य कर्मका दिनहरू कलेज गएर नै बित्दै गए । कुनै दिन मसँग पढ्ने साथी जो जवान केटाले मलाई प्रेम प्रस्ताव राख्यो त्यो मान्छे को कसरी बयान गरु हरबखत उस्कै याद आउँछ, जवानीले मातेको त्यो केटा सलक्क परेको जिउडाल, नम्र एव् मिठो बोली, सुन्दर चेहराले पहिलो भेटमा नै उस्को एक शब्द बोलीले नै म प्रभावित भए ।
तर त्यती खेर नै मैले त्यो प्रस्ताव लाई हुन्छ भनिन । दिन बित्दै गए उसँगको भेट दिननुदिन हुदै गए, हामी कलेजमा पढ्दाको क्षणमा पनि सरले बिषय बस्तुमा लेखी रहदा मेरो कपी मागी मेरो कपीमा मायाका कुरा को चिठ्ठी मेरो कापीमा लेखी छोड्थ्यो । त्यो पल त अहिले पनि झल झल्ती याद आईरहन्छ ।

हामीबीचको सम्बन्ध बिस्तार बिस्तारै माया पनि बिस्तारिदै गयो, आपसमा नजिकिदै गयो आपसमा धेरै नजिकिँदा माया पनि बढ्दै गयो, आपसमा माया बसेछ पत्तै भएन । दिन, हप्ता अनि महिना बित्दै गए, उस्ले पनि मलाई ओधीनै माया गर्दै गयो, हामीबीचको सम्बन्ध बारे अरु सहपाठी साथीहरूलाई पनि अलिक थाहा भएजस्तो लाग्यो, हामी शनिबारको बिदाको दिन कहिले पार्क त कहिले फिलिम हेर्न सिनेमा घरसम्म जान पछि परेनोँ । दिनदिनै भेट नहुँदा कतै केही बिर्सेको जस्तो भान हुन थाल्यो । ऊ पनि सधै जिन्दगीभर साथ दिनुपर्छ भनी कयौँ दिन सधैको भेटमा त्यही शब्दले आखाँ गाडेको थियो । म केबल तिमीलाई नै चाहन्छु भनिरहन्थ्यो । मैलै पनि उस्को प्रेम प्रस्तावलाई स्वीकार्न विवश थिए ।

किनकि म पनि ऊबिना पलभर पनि बाच्न नसक्ने अवस्थामा पुगिसकेकी थिए। मैले पनि हरेक पल उस्कै ना लिईरहन्थे, ऊप्रतिको मेरो माया शिवजीलाई पार्वतीले माया गरेजस्तै हुन पुगेछ । हामी कहिले कतै टाढै जान्थ्यो त कहिले नजिकै रहेको मन्दिरमा सँगै बाच्ने सँगै मर्ने कसम खान पछि परेनोँ । मेरो निधारमा उस्कै कहिले न मेटिने टिका थापिदियो । म त्यही दिनको पर्खाईमा थिए जुन दिन मेरो सिउँदो भरी मेरो माया गर्ने मान्छे को नै होस भन्ने चाहन्थे र मन मनै सोचिरहेकी थिए ।

माया भन्ने चिज यस्तो हुँदो रहेछ, जस्लाई अँगाली सकेपछि कहिलै न रित्तिएला झै माया लाग्न थाल्यो । मनमा अनेकन थरीका कुराहरू खेल्न पुगे । उस्ले पनि आज डेरामा न बसी कतै टाढा गएर बसोँ भन्न थाल्यो मैले पनि मुखले त नाई भनेकी थिए तर मनले हुन्छ भने जस्तै थियो त्यो पल । हरेक दिन भन्थ्यो सँगै जादा होस की फोनमा घण्टोँ सम्मको कुरामा सधै मलाई टाढा बसोँ न भनि रहन्थ्यो त्यो दिन मैले पनि हुन्छ भनि दिए, र हामी कुनै नयाँ ठाउँको होटेलमा बस्न पुगेम ।

अनि हामी बिचको माया अनि त्यो बैसालो जवानीले मातेका दिनले अरु केही पनि देखेन केबल आपसी माया अनि मन मुटुको मायालाई अँगालो मा बाधीएर सुमसुम्याउदै बाकी के क भयो त्यो सबै भनि राख्नु पर्दैन होला । हामी बिचको त्यो टाढाको होटेलको त्यो रात जिन्दगी भरको लागि भुल्न नसकिने क्षण बन्न पुग्यो । हामी बिचमा माया साटासाट भयो । हामीमा सधै सधैका लागि एक हुने बाचा कसम देखीलिएर सारा सँसार अँगालोला बाधीएर आपसी मायामा मात्र सिमित देख्न पुगे । यो दुनियामा मेरो प्रियतम र म बाहेक अरु कोही छैन जस्तो लग्यो, र हामी बिचको त्यो योनिक सम्बन्धले पनि साताब्यापी रुपमा अगाडि बढ्दै गयो । माया लाई सधै सधै सम्मलाई पनि हामी यसरी नै मन देखीनै नजिकिई दुई न भई एक मुटुनै चलिरहेको छ भन्ने भान हुन पुग्यो ।

हामी बिचको सम्बन्धले पल्स टु पढ्दाको दिन सम्म हासी खुसी नै भई रहेको थियो । हाम्रा दिन हरू अगाडि बढ्दै रहे, हाम्रो मायाले पनि शिखरको चुली टेक्न पुग्यो । मायामा नै हाम्रा दिन रात साझँ बिहान बितेको थाहा भएन, मन मस्तिस्कमा उहि बिताएका दिन रात को मत्र याद आईरहेको छ । के माया यही नै हो तभन्ने कुरा आफै माथि प्रश्न गर्न पुगे । एक मनले त कतै म उल्टो बाटोमा त छैन भन्छु अर्को मनले यो कुरा त जिन्दगीमा एक चोटी हुनेनै कुरा हो पनि भनेर मनमा अनेक थरीका कुरा हरू खेलाउदै रहन्थे । के माया गर्नु गल्ती हो र भन्ने प्रश्न आफै माथि उभ्याउन पुग्थे तर जे भए पनि हामी बीचको माया गङ र मासु झै टासिएको थियो । पहिलो वर्ष सकिएको पत्तै भएन अनि दोस्रो वर्षको परीक्षा दिई घर तिर फर्कनु पर्ने थियो, रो प्रेमी त्यही शहरमानै बस्ने हुनाले म उस्लाई छिट्टै फर्केर आउछु भनि छुट्टिन अनुमति माग्दै थिए । ऊ त भन्दै थियो घरमा म पनि जान्छु अनि बुवा सँग तिम्रो हात मागी छिट्टै विहे गरुला भनि भन्दै थियो, तर मैले आफै घरमा भनुला भनि एक्लै जाने निधो गरे । बसपार्कमा आई बसको टिकेट काटिसकेकी थिए, गाडीले पनि आफ्नो टाईममा हर्न बजाउन पुग्यो, म बसमा चढ्नु भन्दा पहिला मलाई त्यही नेर अँगालो हाली आखाबाट बर्लीन धाराहरू बर्षीन पुगे उस्लेनी आफ्ना आखा माड्दै बिदाई का हात हल्लाउन पुग्यो । मेरो चढेको गाडी पनि आफ्ना पाङ्ग्राहरू अगाडि जान पुग्यो, हामी बिचमा केबल दुरी टाढिदै गयो, टाढिदै हातहरू आफ्नो ठाउँबाट हात हल्लाउन बाहेक अरु के नै हुन सम्भव छ र ।

मैले चढेको गाडी आफ्नै गतिमा हुईकिरहेको थियो । बरिखामास को समय मा दिननु दिन पानी बर्षीनै रहेको थियो । बाहिर तिर पानी झिम झिम्ती बर्षिरहेको थियो । बाटो अलिक चिप्लो थियो, अचानक म चढेको गाडी पल्टन पुगेछ, मलाई त्यसपछि केही थाहा भएन म बेहोस भएकिरहेछु थाहा नै भएन त्यही दिनको घटनामा ४ जनाले त्यही भिरमा नै शाहादत गर्न पुगेछन, म लगायत ६ जना घाईते अबस्थामा त्यही शहरको अस्पतालको बेडमा रहेछु । त्यो भन्दा अगाडि त थाहा नै थिएन म काहाँ छु भन्ने ।।। आज त्यही ह्वील चियरको साहेताले दिन रात काट्न पुगेकी छु । उता मेरो बारे केही थाहाँ नहोस भनी मैले मेरो फोनमा आएका हजार बार गरेका फोनका घन्टीहरू एव् एसएमएस को केही पनि रिप्लाई गर्न मन लागेन । उस्ले प्रतेक पल फोनबाट सम्झी रहन्थ्यो तर मैले फोन रिसिब नै गरिन मेरो विवसता लाई उस्ले केही थाहाँ नपावस उँस्ले पहिलेकै जस्तै जिन्दगीभर सम्झी रहोस भन्ने चाहान्थे, सपना बाट विउझीएको जस्तो भान नहोस भन्ने चाहन्थे र उस्को बेवास्ता गर्न पुगे ।मेरो प्रेमीलाई मेरो अपाङ्गता बारे थाहाँ नहोस उहाँको पहिले को प्रेमका छैन भन्ने भान होस उहाँको त्यो तन्दुरुस्त जीउजानको लागि आफूले नै सहि छैन भनी ठाने, तेसैले उहाँलाई फोन पनि गर्न पनि मन लागेन । मनले त नेको थिएन तर उहाँको लागि भए पनि टाढिनु पर्छ भन्ने लाग्यो र मेरो विवसता किन अरुको खुसी जिन्दगीमा दुःख थप्ने भन्ने भान भयो ।

एक दिन उहाँ मोटरसाईकलमा आईरहेको थियो, म लगायत मेरा साथीहरू ह्वील चियरमा त्यही शहरको मोडमा अगाडि हिन्दै गरेको अवस्थामा भेटायो र टाढाबाटै मेरो शरिरमा चियाउन पुग्यो मैले न देखेझै गरी आफ्नो बाटो हिन्दै थिए, उस्ले हतार हतार बाईक रोकी मेरो अगाडि आएर मेरो अँगालो हाल्न पुग्यो र मैले पनि विगतका कुराहरूलाई जुन दिन बसपार्कबाट टाढिएका थियौ त्यही दिनदेखि भेट नभएको महिनौ भएको थियो, त्यसपछि मलाई आफ्नो घर जानको लागि मरिहत्ते गर्यो, मैले पहिलेको मायालाई केही कमी राखेको छैन भन्दै सबै कुरा भन्दै थियो । मैले पनि भन्दै गरे मैले हजुरलाई भुलिसके भनि दिए रत उहाँलेले जे जति बिर्सेपनि मानिरहेका थिएनन् । म सोच्थे की मेरो साहारा मेरो माया गरेको मान्छे न बनोस, मेरो मायालु मेरो कारणले दुःखमा नपरिस भन्ने भान भयो तर उस्ले मान्दै मानेन अन्तत् मैले हारे उहाँको म प्रतिको माया रत्तिभर पनि कमी भएको रहेनछ भन्ने ठाने र विवश भए उहाँसँग नै जीवन बिताउन । उहाँले आजकल पनि पहिलेको माया प्रिती लगाउँदाको क्षणहरूको याद दिलाईरहन्छन् । आजकल पनि हामीबीचको सम्बन्धले पनि आउ समाजको सामु उदारणिय बन्न पुगेका छौ । माया भन्ने कुरा धनि गरिब कालो गोरो राम्रो नराम्रो न भएर मन मुटुदेखी माया हुदो रहेछ भन्ने आभास आज मैले मेरो जिन्दगीमाथि भोगिरहेकी छु ।।। ।

कमेन्ट गर्नुहोस्