दश वर्षपछि रेखा र निखिल एकसाथ उभिएर भन्छन्, ‘हामी छुट्टिएका छैनौ, मिडियाले छुट्टाइदिएको हो’

पुष्पा महरा

साउन १४ । नेपाली चलचित्रको पर्दामा अब्बल देखिएकी नायिका रेखा थापाको सम्बन्ध कुनैपनि कलाकारसँग लामो समय टिक्दैन भन्ने हल्ला मिडियामा आइरहन्छन। केही सुपरस्टारहरुसँग रेखाको सम्बन्ध सार्वजनिक रुपमै देखिने गरी विग्रिएको पनि हो । कारण हो उनी कसैलाई मान्छे गन्दिनन् रे । उनको व्यवहार अरुलाई मन पर्दैन रे ।

चलचित्रको उचाईमा पुग्दा ‘स्टार डम’का कारण पानी बाराबारसम्म भएको नायक निखिल उप्रेती र नायिका रेखा थापाबीचको सम्बन्ध सुध्रिएको संकेत केहीदिनअघि निखिलको चलचित्र ‘रुद्र’को प्रिमियरमा देखियो । एकअर्कामा भएको दम्बका कारण झगडा यतिसम्म चुलिएको थियो कि उनीहरु एकले अर्काको चलचित्र नै नखेल्ने अघोषित निर्णयसमेत गरेका थिए । उनीहरुको स्टार उचाईका कारण उनीहरुको निर्णयले केहीसमय स्थान पनि पायो । तर जब स्टारदम विस्तारै कमजोर बन्न थाल्यो अनि उनीहरुलाई एकअर्काको साथको आवश्यक परेको उनीहरुको व्यवहारले देखाइरहेको छ ।

यसअघि निखिलले रेखाको अपार्टमेन्टमै गएर आफ्नो चलचित्र ‘भैरव’ काम गर्न आग्रह समेत गरेका थिए । रेखाले पनि हुन्छ भनेकी थिइन । पछि के मनखुसी भयो अन्नतः रेखाले यो फिलिममा काम भने गरिनन् । यस पटक पनि चलचित्र ‘रुद्र’ को प्रिमियर सोमा रेखा टुप्लुक्क देखिइन् । धेरैको चासोको विषय बनेको थियो यतिका समयसम्म चाँही एकअर्का सँगै नदेखिएका यो कसरी सम्भव भो भनी ? मिडियाकर्मीहरुले सोधे पनि, ‘तपाईहरु त झण्डै १० वर्षपछि सँगै देखिनु भो नि, तपाईहरुको झगडाले त लामै समय लियो नि हैन मिलन हुनलाई ?’ सँचारकर्मीहरुको प्रश्नको जवाफ उनीहरुले सहज रुपमा दिए, ‘हामीहरुको कहिलै झगडा नै भएको थिएन । मिडियाले नै हामीहरुको झगडा भयो भनी हल्ला बनायो । हामीहरुबीच भेटघाट हुन्थ्यो । फरक यति हो कि हाम्रो भेटघाट भएको बेला मिडिया त्यहाँ हुनेथिए ।’

रेखाले निखिलकाे चलचित्रकाे प्रश‌ंसा समेत गर्न भ्याइन । उनले भनिन्, ‘निखिल दाइकाे यसअघिकाे भैरवले पनि राम्रै चर्चा कमायाे, अब याे रुद्र पनि सफल बन्नेछ भन्ने मलाइ विश्वास छ ।  निखिल दाइका चलचित्रहरु चर्चित नै हुन्छन् । मलार्इ मन पर्छ ।’

उनीहरु अब कलाकारबाट दुवै निर्माता/निर्मात्री पनि भइसकेकाले अब चाँडै नै सँगै काम गर्नेसम्मकाे कुरा गर्न भ्याए ।

काठमाण्डौ, गोंगवुस्थित विजी मलमा रेखा र निखिलको मिडियाकर्मीमाथिको यो आरोपयुक्त जवाफले सबैलाई एउटा प्रश्न खडा गरिदियो । राष्ट्रका गहना कलाकार उनीहरु सार्वजनिक व्यक्ति भइकन पनि उनीहरुको गल्तीलार्इ ढाकछोप गर्न अरुलाई दोष लगाउन साह्रै लज्जास्पद व्यवहार देखाए ।

दुवै कलाकारहरु स्टारडमका कारण एक अर्कासँग टाढिएका उनीहरु पछिल्लो समय चलचित्र क्षेत्रमा नयाँ कलाकारको आगमनसँगै उनीहरुको स्टारडम पनि कमजोर बन्दै गयो । अन्नतः एक अर्काको साथको आवश्यक परेको हो । त्यत्ति कुरा जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छन् । उनीहरुले दोषभरि मिडियालाई थोपर्ने पर्दैन ।

नायिका रेखा पनि आफ्ना विग्रिएका सम्बन्धहरु सुधारको बाटोमा छिन् । केहीसमयअघि पनि उनले नायक आर्यन सिक्देलसँगको विग्रिएको सम्बन्धलाई सुधारर्न उनीसँग हात मिलाइसकेकी छिन् । अब नायक निखिलसँग पनि आफ्नो सम्बन्ध नबिग्रिएको बताएकी छिन् । चलचित्रको दुनियाँमा रमेकाहरु वास्तविक जीवनलाई पनि चलचित्र नै जस्तो बनाइसकेका छन् यी कलाकारहरुले । अझै के के पो गर्नेहुन् त्यो हेर्न बाँकी छन् ।

कमेन्ट गर्नुहोस्