सरकारविरुद्ध आमरण अनसनको तयारीमा अस्थायी शिक्षक

काठमाडौं साउन १४ । सरकारले आफूहरुसँग गरेको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै अस्थायी शिक्षकहरु आमरण अनसन बस्ने भएका छन् । सरकारले गरेको ४ बुँदे सहमति कार्यान्वयन नगरेकाले अब दवाव दिन आफूहरुले आमरण अनसनको तयारी गरेको अस्थायी शिक्षक संघर्ष समितिका उपाध्यक्ष ज्योती नारायण ढकालले बताए ।

अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने, औषधी उपचार खर्च दिनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन गदैं आएका छन् ।

शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको मागप्रति चासो देखाए पनि अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयको प्रस्ताव अस्विकार गरेपछि समस्या चुलिएको हो ।

परीक्षामा सामेल भएर अनुतिर्ण भएका अस्थायी शिक्षकलाई सुविधा दिनुपर्ने शिक्षा मन्त्रालयले अर्थलाई प्रस्ताव गरेको थियो । यसैबीच समितिले शिक्षा ऐन संशोधन हुनुपर्ने माग गरेको छ । ऐन संशोधन पश्चात मात्र आफूहरु परीक्षामा सामेल हुन सक्ने समितिको भनाई छ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि यहि आगामि भदौ ३ गते परीक्षाको मिति तय गरेको छ ।

कमेन्ट गर्नुहोस्