देश बेच्नेलाई हाम्रो भोट

मेराजुद्दीन, साउन १४ । दोहा कतार देशले नयाँ नेतृत्वको माग गर्दै गर्दा आज पनि हामी तिनै पुराना र देश बेचुवा सत्ताधारी पार्टीलाई आफ्नो अमूल्य भोट दिई जिताएका छौं ।

हिजो यिनै काङ्ग्रेस र एमालेले देशलाई खोक्रो बनाए । महाकाली, कर्णाली, लिपुलेक, गण्डक सुस्ता आदि इत्यादी देशका भू–भाग र सम्पत्ति बेच्नेहरुलाइ आफ्नो अमूल्य भोटले जितार्इ पुनः देश र देशको सम्पत्ति बेच्न मदत गर्दैछौं । हामीले आफ्नो अमूल्य भोट दिँदै गर्दा हामी कदापि पार्टीको घोषणापत्र हेर्ने गर्दैनौँ पार्टीको अन्धो भक्त बनी असल नेतृत्व छान्न चुकेका हुन्छौं ।

विद्वानहरुले भन्ने गर्छन्– ‘एमाले काङ्ग्रेसको चुनावी घोषणापत्र ट्वाइलेट पेपरको रुपमा पनि प्रयोग गर्न काम लाग्दैन अब । एमाले–काङ्ग्रेसका घोषणापत्रमा चना चट्पट खाँदा–खाँदा कपाल पनि फुलिसक्यो । यिनीहरुको घोषणापत्र कहिलै बद्लिएन । प्रजातन्त्र स्थापनापछि करिब तीन दशक एमाले र काङ्ग्रेसले नै आलोपालो गरी सत्ता चलाए । देश लाई खोक्रो पारे ।

यही ३–४ दशकको अन्तरालमा हिजो भोकमरीले ग्रस्त कोरिया जहाँ हामीले चामल पठाइएका थियौं । आज विश्वको सातौं निर्यातकर्ता अनि १२ औं ठूलो अर्थतन्त्र भएको देश बन्यो ।

आज हाम्रा युवाहरु कोरियाको वंगुर फार्ममा पसिना बगाइरहेका छन । ७–८ दशक अगाडिमात्र बेलायती उपनिवेशबाट मुक्त भएको भारत २०२२ सम्ममा विश्वकै चौथो अर्थतन्त्र भएको देश बन्ने छ भने हिजो हामीसंगै हिडेको चीनले २०३५ सम्ममा अमेरिकाको अर्थतन्त्रलाई उछिन्ने छ ।

दश वर्षको अन्तरालमा कतार विश्वको धनी देश बन्न पुग्यो । जहाँ लाखौं नेपाली हरुले आफ्नो पसिना बगाइरहेका छन । मलेसिया एउटा टापु एसिया टाइगर बन्यो जहाँ लाखौं नेपाली युवाहरु पालेको काम गरिरहेका छन ।

पचासौं हजार विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको हाम्रो देशले आजसम्म ६०० मेगावाट विद्युत उत्पादन गर्न नसक्ने राजनीतिक नेतृत्वले रेल कुदाउँछौं, पानी जहाज कुदाउँछौं, एक घर एक रोजगार सृजना गर्छौं , देश समृद्ध बनाउँछौ भन्दै गर्दा एक प्लेट मासु र एक बोतल रक्सीमा बिक्ने हामी जनता, अनि देश कसरी बन्छ ? अनि हामी भन्छौ देश विकास भएन नेताले देश सके, देशको स्थिती खोक्रो हुँदै गयो भनेर चिल्लाउने गर्छौं ।

देश नेताले होइन हामी आफैँ बेच्दै छौं र देश बेच्नमा सहयोग गर्दैछौं । हामी कुशल, सक्षम, विश्वासिलो नेतृत्व छान्न सकिरहेका छैनौं । हामी पार्टी छान्नमा व्यस्त छौं । जसले गर्दा आज हाम्रो देश संसारकै गरिब देश भनेर चिनिने गर्छ ।

हामी हाम्रो देश स्वतन्त्र छ भन्दै उफ्रिँदै गर्दा यिनै पार्टी र नेताहरुका कारण आज हाम्रो देश भारतको उपनिवेश बन्दै गएको छ । राजनीति नेपालमा हुन्छ निर्णय भारतमा, खान्छन नेपालको गीत गाउँछन भारतको । फेरि पनि आज हामी तिनै पार्टी र नेताको शरणमा पर्दै राष्ट्रलाई बर्बाद गर्न र लुट्नमा समर्थन गरिरहेका छौं । ‘तिमीहरु यो देश कहाँ हाँक्न सक्छौ र ?’ भन्ने जस्ता यिनै पार्टीका नेताहरुको बकम्फुसे अभिव्यक्तिलाई समर्थन गर्दै राष्ट्र बर्बाद गर्न प्रति लागिरहेका छौं ।

४–५ दशकदेखि यी राजनीतिक पार्टी र यिनका नेताहरुको गतिविधि हेरिरह्यौ । अब राष्ट्रलाई वैकल्पिक राजनीतिको खाँचो छ । अब हामी देश जोगाउन विकल्प खोज्नुपर्नेतिर लाग्नु आवश्यक छ अन्यथा भोलि हाम्रो सन्ततिहरुले सराप्ने छन । समृद्ध सम्मुन्नत र समाजवादको बाटो रोज्नतिर संगठित बन्यौ भनेमात्र देश बन्न सक्ला नत्र यिनीहरुकै हातमा पर्यो भने देशको अवस्था झन विकराल परिस्थिति हुँदै जाने निश्चिति छ । त्यसैले पनि अब हामीले वैकल्पिक राजनीतिको खोज गर्नु आवश्यक देखिन्छ ।

मेराजुद्दीन

रामपुर पाल्पा

हाल दोहा कतार

कमेन्ट गर्नुहोस्