गोविन्द केसीको माग पूरा गर !

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. गोबिन्द केसीको माग पूरा गराउन सरकारलाई दवाव स्वरुप आज राजधानीको माइतघर मण्डलादेखि नयाँवानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

चिकित्सा क्षेत्रको विकृतिलाई हटाउनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि ११ औँ पटकको अनसनमा रहेको केसीको माग सम्बोधन गराउन गराउन अपांगसहित नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी, पहिलो पाईला, राष्ट्र निर्माणमा युवा अभियान, मेन्स रुम रिलोडेड, क्याम्पेईन फर पीस एण्ड डेभलपमेन्ट लगायतका दर्जन बढि युवा संगठनका प्रतिनिधीहरुले दबाब मुलक प्रदर्शन गरेका छन् ।

तस्वीर : देवी महराकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्