मानव तस्करलाई कारबाहीको माग गर्दै नेपाली एकता समाज युएर्इको प्रेस वक्तव्य

साउन १४ । भिजिट भिसाको नाममा ठगी गर्ने मानव तस्कर र दलालहरुलाई तत्काल कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै नेपाली एकता समाज युएइले प्रेस वक्तव्य जारी गरेको छ ।

विभिन्न समयमा नेपालबाट प्रलोभन देखाई लाखौ रुपैयाँ असुल गर्ने र युएई ल्याइ कुटपिट, ज्यान मार्ने धम्की दिँदै अलपत्र पार्ने साजन भनिने प्रेम पान्डेलाई कारबाहीको माग गरेको छ । पीडित नेपालीहरुलाई उद्दारको लागि पहल गर्न नेपाली दूतावास युएर्इलाई लिखित निवेदन दिँदा समेत दूतावासले वेवास्ता गर्दै दलाललाई नै संरक्षण गरेकाले समाजले विज्ञप्ती जारी गर्दै भ्रष्ट कर्मचारी र दलाललाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

यसअघि दूतावासले पीडितका पक्षमा प्रकाशित समाचारलाई पित पत्रकारिता भन्दै पत्रकारलाई निगरानी गरिएको समेत बताएको थियो भने नेपाली दूतावास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले दलाललाई कारबाही गर्न दूतावाससँग बजेट नभएको भन्दै कारबाही गर्न नसकिने बताएका थिए ।

यस्तो छ प्रेस वक्तव्यको पुर्ण पाठ :

युएई नेपाली एकता समाज

धन सिंह पुलामी

मिति : 28/ 07/ 2017

भिजिट भिसाको नाममा भयको मानबतस्कर तथा दलालहरुले झुटो आश्वासन तथा नक्कली कागजात पेशगरि केहिदिन अगाडी युएईको अबुदाबीमा अलपत्र पारेको वा पारीयको खबरले युएई नेपाली एकता समाज केन्द्रिय समितिको गम्बिर ध्यान आकर्सन भयको छ । त्यसरी अलपत्र पार्ने मानब तस्कर दलाल साजन पाण्डे उर्फ प्रेम पाण्डे र अर्थलाईन ट्राभल्सका संचालिका जानकी अधिकारीको मिलोमतोमा नक्कली कागजात र झुटो आस्वासन दियर युएईको अबुदाबी पुर्याईयको १९ जना पिडितहरुको उद्दारबारे नेपालि दुताबासको उदासिनता प्रति नेपाली यकता समाजले गहिरो चिन्ता प्रकट गर्दछ ।

१९ पिडित मध्ये केहिदिन अगाडी दलालहरु कै रोहबरमा वा सम्झौतामा १४ जनालाई नेपाल फर्काई सकेको र अरु ४ जना ओभर स्टे भयको कारण नेपाल फिर्ता गर्ने बारे भयको ढिलाई सुस्ती प्रति हाम्रो गम्भीर आपत्ति प्रकट गर्दै नेपाली दुताबासको ध्यान आकर्सण गराउन चाहन्छौ िकि त्यसरी भिजिट भिसाको नाममा मानब तस्करी बिरुद्द दलाल हरुले ठग्ने गरेको सबुत प्रमाण हुदाहुदै नेपाली दुताबासले कारबाहीका लागि किन पहल गर्न सकिरहेको छैनरु यहानिर गम्भीर आशंका गर्ने ठाउँ छ कि जबसम्म नेपाली दुताबासले ति मानब तस्करी गर्ने र नक्कली कार्य गर्ने दलालहरुलाई कारबाही गर्न सक्दैन ।

विभिन्न ओन्लाईन मिडिया मार्फत सार्बजनिक भयका अलपत्र पार्ने गरियको अलपत्र खबर मध्ये युएईको सारजाह अजमानमा समेत करिब ११ जनाको खबरले भिजिट भिसाको नाममा ठगी कति हुदो रहेछरु स्वतः अनुमान लगाउन सकिन्छ  । यस्ता मानब तस्करी गर्ने दलालहरुले नक्कली कागजात प्रयोग गरेर भिजिट भिसाको नाममा युएई ल्याई यौटै रुममा राख्ने, खाना बस्नका लागी ब्यबस्था नगर्ने, मदिरा सेबन गरिरगराई झैँ झगडा गर्ने र गम्भीर दुर्घटना सहित निम्त्याउने खतरा बारम्बार देखा पर्दै आईरहेको छ । त्यसकारण भिजिट भिसाको पारादर्सीता नापनाईकन नेपाल सरकारको अध्यागमन बिभाग तथा सम्बन्धित नेपाल नेपाली दुताबासको सुक्षमता र पारादर्सीता प्रति गम्भीर आशंका गर्ने ठाउँ छ ।

त्यसकारण, अलपत्र पारियाका नेपालीहरुको उद्दार जतिसक्दो छिटो दुताबास मार्फत गर्न र गराउन अनुरोद गर्दै त्यसरी भिजिट भिसाको नाममा ठगी गर्ने गरियको मानब तस्करी दलालहरुलाई सख्त कार्बाहीको प्रक्रिया अघि बढाउँन सम्बन्धित निकायलाई यसै बक्तब्य द्वारा युएई नेपाली एकता समाज हार्दिक अपिल गर्दछ ।

कमेन्ट गर्नुहोस्