हिमालय एयरलाइन्स : काठमाडौं–दोहा साताको ११ उडान गर्ने

काठमाडौं, साउन १४ । निजी हवाइसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट कतारको राजधानी दोहा उडान थप गरेको छ ।

उसले आगामी भदौं १७ गतेसम्ममा साताको ११ उडान गर्ने गरी कार्यक्रम बनाएको जनाएको छ । जस अनुसार साउन १९ गतेदेखि साताको दुईवटा उडान थप्ने निर्णय गरेको एयरलाइन्सले जनाएको छ । त्यसैगरी भदौ १७ गतेदेखि चार उडान थप्ने बताएको छ ।

अरब देशको  कतारसँग सम्बन्ध बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । त्योसंगै काठमाडौंबाट विभिन्न देशमा ट्रान्जिट भएर उडान भर्ने कम्पनीले दोहाका लागि उडान भर्न छाडेपछि यात्रुको चाप बढेको छ।

कमेन्ट गर्नुहोस्