कमल थापाले दिए अवसरका लागि प्रधानमन्त्री देउवालाई धन्यवाद

काठमाडौं, साउन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकारमा समाले नगराएर आफ्नो पार्टीलाई सत्ताकेन्द्रित र सत्तामुखी राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने वाताबरण सृजना गरी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

राप्रपालाई पछिल्लो पटक विस्तार गरिएको मन्त्रिपरिषदमा समावेश नगरेपछि शुक्रबार देउवा सरकारमा जाने अध्याय समाप्त भएको घोषणा गरेको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार राप्रपा अध्यक्ष थापाले देउवालाई आफूहरुलाई सच्चिने सुनौलो अवसर सृजना गरिदिएको भन्दै धन्यवाद दिएका हुन ।

कमेन्ट गर्नुहोस्